एट्लेटिको मड्रिड र मोना क्वाटरफाइनलमा

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
४ चैत्र २०७१, बुधबार ११:५३

एजेन्सी । एट्लेटिको मड्रिड र मोनाको च्याम्पियन्स लिग फुटवलको क्वाटरफाइनलमा पुगेका छन् । मोनाको दोस्रो लेगमा आर्सनलसँग २–० ले पराजित भएपनि समग्रमा ३–३ को नतिजामा अवे गोलको आधारमा अघिल्लो चरण प्रवेश गरेको हो । मोनाकोले पहिलो लेग ३–१ ले जितेको थियो ।

kkkगएराती आर्सनलले जित हात पारेपनि विपक्षीको मैदानमा बढि गोल गरेको आधारमा मोनाको क्वाटरफाइनल पुग्यो ।
उता, एट्लेटिको मड्रिडले वायर लेभरकुसेनलाई पेनाल्टी सुटआउटमा ३–२ ले हराउँदै अन्तिम आठमा स्थान बनायो । मड्रिडले गएराती दोस्रो लेगमा १–० को जित हात पारेपछि खेल बराबरीमा पुगेको थियो । लेभरकुसेनले पहिलो लेगमा १–० को जित निकालेको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, अशोज २२, २०८१