एजेन्सी । पाकिस्तानमा आज १२ जनालाई मृत्युदण्ड दिइएको छ । मृत्युदण्डको सजायमा लगाइएको रोक हटाएयता एकै दिन यती ठूलो संख्यामा मृत्युदण्ड दिइएको यो पहिलो पटक हो । मृत्युदण्ड पाउनेमा आतंकवाद तथा अपराधीक क्रियाकलापमा संलग्न व्यक्तिहरु रहेको त्यहाँको आन्तरिक मामिलासम्बन्धी मन्त्रालयले जनाएको छ ।
पाकिस्तानको पेसावरमा गत डिसेम्बरमा १ सय ५० जना बालबालिकाको मृत्यु हुने गरी विद्यालयमा भएको आक्रमणपछि मृत्युदण्डको सजायमा लगाएको रोक हटाइएको थियो । त्यहाँ आतंकवादसम्बन्धी मामिलामा मृत्युदण्ड दिन शुरु गरिएको छ । त्यसयता पाकिस्तानमा २७ जनाले मृत्युदण्डको सजाय पाएका छन् । पाकिस्तानमा लोकतन्त्र बहाली भएपछि सन् २००८ मा मृत्युदण्डको सजायमा रोक लगाइएको थियो ।
प्रतिक्रिया