काठमाडौं,४ चैत । नागरिक लगानी कोषले आफ्ना बचतकर्ताहरुलाई लाभांश दिने भएको छ ।
कोषले स्थापनाको २४ वर्ष पूरा गरेको अवसरमा आफ्नो बचतको ‘कर्मचारी स्वीकृत अवकाष कोष कर्मचारी बचत बृद्वि कार्यक्रम’का २०७१ ऋाषाढ मसान्त सम्मका सहभागीहरुलाई प्रतिफल दिने निर्णय गरेको जनाएको हो । यसबाट कोषको वचत कार्यक्रमका १ लाख ५० हजार सहभाागीहरु लाभान्वित हुने जनाइएको छ । यो प्रतिफल वितरण गर्न कोषले ८ करोड ७५ लाख रुपँयाँ छुटयाएको जनाएको छ ।
प्रतिक्रिया