आन्दोलनका कार्यक्रम फिर्ता नलिएसम्म मोर्चासँग बार्ता हुँदैन : देउवा

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
४ चैत्र २०७१, बुधबार १०:५३

पोखरा, ४ चैत्र । नेपाली कांग्रेसका वरिष्ठ नेता शेरवहादुर देउवाले आन्दोलनका कार्यक्रम फिर्ता नलिएसम्म एकीकृत माओवादी नेतृत्वको ३० दलीय मोर्चासंग वार्ता नगर्ने बताएका छन् ।

Nepals Prime Minister Sher Bahadur Deuba smiles after arriving for the First BIMST EC Summit in Bangkokनेपाल प्रेस युनियन कास्कीले आज पोखरामा गरेको पत्रकार भेटमा उनले सहमतिमा संविधान वनाउने हो भने विपक्षीले आन्दोलन छोडेर वार्तामा आउनुको विकल्प नरहेको बताए ।
विपक्षीले हठ छोडे सहमतिबाट संविधान बन्ने देउवाको तर्क थियो । आफुले भनेका कुरा माने मात्रै सहमति हुने नत्र नहुने अडान राख्ने हो भने प्रकृयावाटै संविधान जारी हुने देउवाको स्पष्टोक्ति थियो । उनले एकीकृत माओवादीले संविधान सभा छोडे पनि संविधान चाहिं बन्ने बताए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, मंसिर ५, २०८१