स्मार्टफोनमा छुटाउनै नहुने एप, जसले तपाईंलाई पानी पिउन सम्झाउँछ

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
४ चैत्र २०७१, बुधबार ०६:४९

स्मार्टफोनमा छुटाउनै नहुने एप, जसले तपाईंलाई पानी पिउन सम्झाउँछ अक्सर मानिसहरु जतिबेला तिर्खा लाग्छ, त्यतिबेला मात्र पानी पिउन खोज्छन् । तर, चिकित्सकहरुका अनुसार तपाईले दिनमा तीनदेखि पाँच लिटर पानी पिउनैपर्छ, स्वस्थ रहनका लागि । तर, हरेक बेला पानी पिउन कसले सम्झाइदिने ? स्मार्टफोनको दुनियाँमा यसको सजिलो जवाफ छ ।

 यदि तपाईले गुगल प्लेस्टोर र एप्पल एप स्टोरमा निःशुल्क उपलब्ध ‘प्लानेट नानी’ एप डाउनलोड गर्नुभयो भने यसले तपाईलाई चौविसै घण्टा पानी पिउन सम्झाउने छ । यो यस्तो स्मार्ट डाक्टर हो जसले तपाईलाई कतिखेर पानी पिउनुपर्छ र कति पानी पिउनुपर्छ भनेर सम्झाइरहन्छ । प्लानेट नानी चलाउन निकै रमाइलो छ । यो एपमा एउटा विरुवाको चित्र देखिन्छ जसले तपाईले पिएको पानीको मात्राअनुसार आफ्नो रंग र भाव बदल्छ । अर्थात यो एपले तपाईलाई एउटा विरुवामा रुपान्तर गरिदिन्छ र पानी पिउनेबेला नोटिफिकेसन पठाउँछ ।
 तपाईले दिएको निजी जानकारी जस्तै, तौल, उचाई र शारिरिक ब्यायामको अबस्थाका आधारमा तपाईले दिनमा कति गिलास पानी पिउनुपर्छ भन्ने सुझाव दिन्छ । तपाईले सेटिङमा गएर कपको साइज पनि परिवर्तन गर्न सक्नुहुन्छ । अब तपाईंले हरेकपटक पानी पिउँदा कति पानी पिउनुभएको छ त्यही अनुसार स्क्रिनको घेरामा ट्याप गर्नुपर्छ । यदि तपाईले पर्याप्त पानी पिएको जानकारी गराउनुभयो भने यो बिरुवाले खुसीको संकेत दिनेछ, यदि पानी कम भयो भने नोटिफिकेसनसँगै दुःखी रुपमा प्रस्तुत हुनेछ । यदि तपाईले यसलाई पुरै बेवास्ता गर्नुभयो भने विरुवा मर्ने छ र तपाईंले फेरि नयाँ सुरुवात गर्नुपर्नेछ ।
पानी नपिउँदा दुःखी भएको बिरूवा (बायाँ) र पानी पिएपछि खुसी बिरूवा (दायाँ) पानी नपिउँदा दुःखी भएको बिरूवा (बायाँ) र पानी पिएपछि खुसी बिरूवा (दायाँ) विरुवा हेर्दा यति सुन्दर र मायालाग्दो छन कि जो कोहीलाई यिनलाई मरेको हेर्न चाहँदैन र निरन्तर पानी पिउँदै त्यसको सूचना अपडेट गरिरहन्छ । यदि तपाईले नियमितरुपमा पर्याप्तमात्रामा पानी पिउनुभयो भने यो विरुवा हुर्कदै जानेछ र तपाईले यसलाई बगैंचामा सार्न सक्नुहुन्छ ।
 फेरि नयाँ विरुवामा पानी हाल्दै ठूलो बनाउने प्रकृयाले मोबाइलमा बगैंचा बन्नेछ, तपाईंको जीउले पर्याप्त पानी पाएर स्वस्थ बन्ने छ । सन् २०१३ मै एप्पल स्टोरमा अपलोड भएको यो एपले छोटो समयमै प्रयोगकर्ताको मन जितेर बेष्ट एपको उपाधि पाउन सफल भएको थियो । हालै मात्र यो एप एन्ड्रोइड प्रयोगकर्ताका लागि पनि उपलब्ध भएको छ । अहिले यो एप बिश्वका करिव ३० लाख मानिसले प्रयोग गर्छन, जसले प्लानेट नानीकै सहयोगमा नियमित पानी पिएर स्वस्थ जीवन बिताइरहेका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, अशोज २२, २०८१