जुम्लामा भएको बस दुर्घटनामा परेर ज्यान गुमाउने १८ जना सबैको सनाखत

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
३ चैत्र २०७१, मंगलवार १४:४२

जुम्ला,३ चैत । कर्णाली राजमार्गको सुर्खेत–जुम्ला सडक खण्ड अन्र्तगत जुम्लाको रारालिही १ गाडेगुडेनीमा सोमबार विहान यात्रुबाहक बस दुर्घटना हुदाँ मृत्यु भएका १८ जना सबैको सनाखत भएको छ । ११ घाइते छन् । जुम्ला बसपार्कबाट छुटेको बस ९ बजे दुर्घटनामा परेको थियो । बिहान जुम्ला बसपार्कबाट ९ जना यात्रुको चलानी लिएर नाग्मसम्मका लागि छुटेको बसमा २९ जना सवार थिए। जसमध्ये एक जना सकुसल रहेको प्रहरीले जनाएको छ। रातभर पानी परेका कारण सडक चिप्लो भएर दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ । दुर्घटनास्थल जुम्ला सदरमुकामबाट झण्डै १८ किलोमिटर टाढा पर्दछ ।

jumlaबस दुर्घटनामा पर्ने १८ जनामा :-

*पुष्पराज आचार्य -बड्की ९ जुम्ला
*सागर बुढा- (बस चालक) सनिगाउ ८ जुम्ला
*पम्फादेवी रावत- बड्की ९ जुम्ला
*रतन कामी -तातोपानी ४ जुम्ला
*कालिवहादुर बुढा- फोइमहादेव ४ कालिकोट
*रेशमकला बुढा- (कालीवहादुरकी पत्नी) फोइमहादेव ४ कालिकोट
*दिपेन्द्र अधिकारी -पातरखोला ७ जुम्ला
*धनलक्ष्मी न्यौपाने -कालिकाखेत्तु १, जुम्ला
*नमराज तिरुवा -फूकोट ३ कालिकोट
*देबु रोकाया -पातरखोला ९ जुम्ला
*रति रोकाया- सनिगाँउ ५, जुम्ला
*लालवीर शाही -सनिगाँउ २, जुम्ला
*दिजु रोकाया -बड्की ८, जुम्ला
*विजय शाही -सनिगाँउ २, जुम्ला
*रतन शाही- कालिका खेत्तु ९, जुम्ला
*बसन्त रोकाया -३ महिने बालक महाबै पातरखोला ९, जुम्ला
*राजबहादुर बुढा- नराकोट ६ जुम्ला
*हर्क बुढा- फोइमहादेव ४, कालिकोट

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, मंसिर ५, २०८१