विश्वकप फुटबलको छनौटका लागि नेपाल र इण्डियाको निर्णायक प्रतिष्पर्धा

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
३ चैत्र २०७१, मंगलवार १४:३०

काठमाडौं । विश्वकप फुटबलको प्रारम्भिक छनौट चरणको दोश्रो लेगमा आज नेपालले इण्डियाविरुद्ध दशरथ रंगशालामा निर्णायक प्रतिष्पर्धा गर्दैछ । नेपाली टोली बराबरी गर्ने लक्ष्यका साथ मैदानमा उत्रिदैछ ।

;नेपाली टोलीका मुख्य प्रशिक्षक ज्याक स्टेफेनोस्किले पहिलो लेगमा नेपाल २—० पराजित भएकाले घरेलु मैदानमा कम्तिमा इण्डियासंग बराबरी गर्ने लक्ष्य लिएको बताएका छन् ।
अहिले सम्म गोल बिहिन बनेको नेपाल यसअघिका सातै खेलमा हारेको छ । पछिल्लो हार गुवाहाटीमा बिहिबार बेहोरेको थियो । इन्डियासंग २–० गोलले हारेपछि नेपालको विश्वकप २०१८ र एसियन कप २०१९ को प्रारम्भिक छनौट पार गर्ने सम्भावना कठिन भएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, अशोज २२, २०८१