पाँच दिनदेखि माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको काम ठप्प

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
३ चैत्र २०७१, मंगलवार १४:१८

दोलखा, ३ चैत्र । शेयर वितरण प्रक्रिया थालनीपछि माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाका मजदुर र सिंगटीवासीको हड्तालका कारण पाँच दिनदेखि आयोजनाको काम ठप्प रहेको छ । ४ सय ५६ मेगावाट क्षमताको आयोजनामा कार्यरत मजदुरहरुले ५ सय कित्ता र सिंगटीबासीले विशेष शेयरको माग दावी गर्दै शुुक्रबारदेखि काम बन्द गरी हड्तालमा उत्रिएका छन् ।

tamaसबै पक्षले जस्तै शेयर पाउनुपर्ने मागसहित नेपाल बिजुली, पेन्टर, प्लम्बर तथा निर्माण मजदुर युनियनले आयोजनाको काम ५ दिनदेखि ठप्प पारेका हुन् ।
हड्तालमा गोंगरस्थित भूमिगत पावर हाउसमा काम गर्ने सिनो हाइड्रो ब्युरो ६ का २ सय ५० जना सामेल छन् । त्यस्तै, लामाबगरस्थित पेनस्टक, ड्याम र सुरुङ मार्गमा काम गर्ने सिनो हाइड्रो ब्युरो ११ मा कार्यरत करिब ६ सय मजदुर काम छाडेर हड्तालमा छन् । उनीहरूले आयोजना र आयोजनाका सामान बोकेका ढुवानीका साधन चल्न दिएका छैनन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, मंसिर ५, २०८१