पत्रकार महासङ्घको २४ औं महाधिवेशनमा आज बिहानदेखि चुनावी प्रक्रिया सुरु

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२१ बैशाख २०७१, आईतवार ११:४३

काठमाडौँ ,२१ वैशाख । नेपाल पत्रकार महासङ्घको २४ औं महाधिवेशनमा आज बिहानदेखि चुनावी प्रक्रिया सुरु भएको छ । महासङ्घका नेतृत्वका लागि डा.महेन्द्र विष्ट र पोषण केसीको दुई छुट्टाछुट्टै समूह चुनावी मैदानमा भिड्दै छन् ।timthumb (2)

चुनावी प्रतिस्पर्धामा चौतारी, क्रान्तिकारी पत्रकार सङ्घ, र क्रान्तिकारी पत्रकार महासङ्घबीच तालमेल भएको छ भने प्रेस युनियन एक्लै चुनावमा उत्रिएको छ । विष्ट र केसी दुवै जना महासङ्घका पूर्व महासचिव हुन् । आज बिहान साढे १० बजेसम्म उम्मेदवारीको कार्यक्रम तोकिएको छ भने दिउँसो १ बजेपछि मतदान प्रक्रिया सुरु हुनेछ । शनिबारको बन्दसत्रले महासङ्घको समावेशी ढाँचाको विधान संशोधन गरेको छ । बन्दसत्रले चालिस सदस्यीय कार्यसमिति रहने विधान पारित गरेको हो । त्यसै अनुसार आज उम्मेदवारी दर्ता हुनेछ ।

संशोधित विधानअनुसार खुला र समावेशी उपाध्यक्ष एक एक तथा महिला, एसोसिएट, समावेशी र खुला सचिव एक एक रहनेछन् भने खुला सदस्यतर्फ पाँच, मधेसी दुई, अपाङ्गता र अल्पसङ्ख्यक एक/एक, दलित र जनजाति दुई/दुई, महिला तीन र लेखा समिति संयोजकसहित तीन सदस्यीय रहनेछन् । महासंघको २४ औ महाधिवेशनमा देशभरका १६ सय ५१ सभासद्हरु सहभागी छन् ।

 

यो पटक महासंघको निर्वाचनमा बामपन्थीहरुहरु एक भएका छन् भने कांग्रेस एक्लिएको छ ।

 

बामपन्थी प्यानलमा को को छन् ?

अध्यक्ष – महेन्द्र विष्ट (प्रेस चौतारी)

उपाध्यक्ष (खुल्ला) – खिलबहादुर भण्डारी (क्रान्तिकारी पत्रकार संघ)

उपाध्यक्ष (समावेशी) – महेश दास ( प्रेस चौतारी)

महासचिव – उजिर मगर (क्रान्तिकारी पत्रकार संघ)

सचिव (खुल्ला)– प्रभात चलाउने (क्रान्तिकारी पत्रकार महासंघ)

सचिव (समावेशी) – धर्मेन्द्र कर्ण (क्रान्तिकारी पत्रकार महासंघ)

सचिव (महिला) – संगीता खड्का(क्रान्तिकारी पत्रकार संघ)

सचिव (एशोसिएट) – ध्रुव लम्साल (प्रेस चौतारी)

खुल्ला सदस्यहरु – रोहित दाहाल, शुष्मा पौडेल, सुशील पोखरेल, राजु लामा, दीपेन्द्र कुँवर,

महिला सदस्य – निलिफा सुब्बा, पवनवर्षा शाह र सरिता ढकाल

जनजाति सदस्य – लक्की चौधरी, मोहनसिंह लामा

दलित सदस्य – किसान संगीत नेपाली, कमल परियार

अल्पसंख्यक – अब्दुल्लाह मियाँ

अपांगता क्षेत्र – भवानी ऐर

मधेशी सदस्य – बेचु गौड, अजयकुमार मिश्र

पूर्वाञ्चल – गणेश पोखरेल, गणेश लम्साल

मध्यमाञ्चल – चिरञ्जीवि मास्के, सुनिल खड्का

पश्चिमाञ्चल सदस्य – हरिनारायण गौतम, रुद्र भट्ट

मध्यपश्चिम – झलक गैरे, अजयदीप शर्मा

सुदूरपश्चिम – प्रकाशविक्रम शाह, खगेन्द्र पन्त

उपत्यका – ईश्वरी वाग्ले, रामहरि सिलवाल

प्रतिष्ठान सदस्य – रोसन पुरी, सुरज आचार्य

कर्णाली – नवराज महतरा

लेखा समिति

संयोजक – दीपक पाण्डे,

सदस्य (महिला)– स्मिता निरौला

सदस्य – सुनिल दाहाल

 

नेपाली कांग्रेस निकटका पत्रकारहरुको संगठन प्रेस युनियन एक्लै चुनावी मैदानमा उत्रिएको छ ।

 

जसको उम्मेदवारहरुको नामावली यस्तो छ :

अध्यक्ष – पोषण केसी

उपाध्यक्ष (खुल्ला) – रामजी दाहाल

उपाध्यक्ष (समावेशी) – अनिता विन्दु

महासचिव – जगत नेपाल

सचिव (खुल्ला) – दिलीप थापामगर

सचिव (समावेशी) – गोविन्द परियार

सचिव ( महिला) – वसुन्धरा गौतम

सचिव (एशोसिएट) – प्रकाश थापा

कोषाध्यक्ष – राजेश मिश्र

खुल्ला सदस्यहरु – माधव दुलाल, दीर्घराज उपाध्याय, विजयराज अधिकारी, दामोदर भण्डारी, त्रिभुवनचन्द्र वाग्ले

महिला सदस्य – प्रतिमा बाँस्कोटा, सरस्वती गुरुङ, अस्मिता भण्डारी

जनजाति सदस्य– नारायण किलम्बु, मोहन बान्तवा

दलित सदस्य – सिकेन्द्र पासवान, भोला पासवान

अल्पसंख्यक – शेष हनिफ (गोरा मियाँ)

अपांगता क्षेत्र – रविन थपलिया

मधेशी सदस्य – अजित तिवारी, वनारसी वर्मा

पूर्वाञ्चल –भक्तिविलास पोखरेल, कृष्ण हुमागाईं

मध्यमाञ्चल – शम्भु गौतम, शितल महतो

पश्चिमाञ्चल सदस्य – खिमानन्द भट्टराई, ओम घायल

मध्यपश्चिम – राजीव केसी, भीमबहादुर सिंह

सुदूरपश्चिम – माधव धामी, टेकेन्द्र देउवा

उपत्यका – शिरोमणि ढुंगाना, भुपेन्द्र आचार्य

प्रतिष्ठान सदस्य – सुबोध गौतम, नारायण अर्याल

कर्णाली – विनोद मल्ल

लेखा समिति

संयोजक – प्रदीप चापागाईं

सदस्य (महिला) – रञ्जना पौडेल

सदस्य – सञ्जीव रेग्मी

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, कार्तिक १०, २०८१