यस बर्ष १२ देखि १५ प्रतिशतले पर्यटक बढ्ने अनुमान

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
३ चैत्र २०७१, मंगलवार ११:४६

काठमाडौं,३ चैत । सन् २०१४ को तुलनामा यस वर्ष नेपाल आउने पर्यटकको सङ्ख्यामा केही वृद्धि हुने भएको छ । नेपालमा नयाँ जहाज थपिनु र नेपालबाट भारतको नयाँ दिल्ली तथा बनारसका लागि नयाँ बस थपिएसँगै नेपालमा पर्यटकको आगमनमा वृद्धि हुने नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक आदित्य बरालले बताए । उनले भने , “नेपाल सुन्दर पर्यटकीय क्षेत्र भएको र देशदेशबीचको सम्बन्ध एकआपसमा बढ्दै गएकाले पर्यटक आगमन अघिल्लो वर्षको तुलनामा १२ देखि १५ प्रतिशतमा बढ्छ ।”

Touristकेही समय पहिले टर्किस एअरलाइन्सको विमान दुर्घटनाका कारण नेपालको पर्यटन क्षेत्रमा केही असर परेता पनि नेपाललाई माया गर्ने पर्यटक जुनसुकै बेलामा पनि देशमा भित्रने बरालले बताए । नेपालको पर्यटकीय क्षेत्र राजनीतिमा भरपर्ने भन्दै संविधान बने देशको पर्यटकीय क्षेत्र अगाडि बढ्ने पनि उनले बताए । गतबर्ष सन् २०१४ मा नेपालमा आठ लाख तीन हजार पर्यटक नेपाल भित्रिएका थिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, मंसिर ३, २०८१