इङ्गलिश प्रिमियर लिग अन्तर्गतको खेलमा लिभरपुल पाँचौं स्थानमा उक्लियो

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
३ चैत्र २०७१, मंगलवार ११:२९

इङ्गलिश प्रिमियर लिग फुटबल अन्तर्गत गएराती भएको खेलमा लिभरपुल विजयी भएको छ । लिग तालिकाको शिर्ष चारमा पर्न संघर्षरत लिभरपुलले स्वान्सी सिटीलाई उसैको मैदानमा १-० ले हराएको हो । खेलमा लिभरपुलाई विजयी गराउन जोर्डन हेन्डर्सनले ६८ औं मिनेटमा निर्णायक गोल गरे ।

eयो जितसँगै लिभरपुल अंक तालिकाको पाँचौ स्थानमा उक्लिएको छ । २९ खेलबाट उसको ५४ अंक भएको छ । समान खेलबाट ५६ अंक जोडेको म्यान्चेस्टर युनाईटेड चौथो स्थानमा छ भने तेस्रो स्थानको आर्सनलको ५७ अंक छ । ५८ अंकको साथ म्यान्चेस्टर सिटी दोस्रो स्थानमा रहँदा एक खेल कम खेलेको चेल्सी ६४ अंकका साथ शिर्ष स्थानमा रहेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, अशोज २२, २०८१