धेरै हातहतियार निर्यात गर्ने मुलुकहरुको सूचीमा चीन तेस्रो

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
३ चैत्र २०७१, मंगलवार ११:०३

एजेन्सी । विश्वमा धेरै हातहतियार निर्यात गर्ने मुलुकहरुको सूचीमा चीन तेस्रो स्थानमा पुगेको छ । ‘स्टकहोम इन्टरनेसनल पीस रिसर्च इन्स्टिट्युट’का अनुसार जर्मनी, फ्रान्स र बेलायतलाई पछि पार्दै चीन अमेरिका र रसियापछि तेश्रो ठूलो हतियार निर्यातकर्ता बन्न सकेको हो ।

chinपछिल्लो ५ वर्षमा हतियारको कारोबारमा उतारचढाव आएकाले सोही अवधिलाई आधार मानी सो तथ्याङ्क निकालेको इन्स्टिट्युट ले जनाएको छ । सो अवधिमा चीनले विश्वको कुल हतियार निर्यातको ५ प्रतिशत हिस्सा ओगटेको छ भने अमेरिकाले ३१ प्रतिशत र रुसले २७ प्रतिशत हतियार निर्यात गरेको बीबीसीले उल्लेख गरेको छ । चीनले निर्यात गरेको मध्ये ७५ प्रतिशत हतियारका खरिदकर्ता तीन एसियाली मुलुक पाकिस्तान, बंगलादेश र म्यानमार रहेको जनाइएको छ । चीनले पछिल्लो पाँच वर्षमा १८ वटा अफ्रिकी मुलुकलाई पनि आफ्नो हतियारको ग्राहक बनाएको पीस रिसर्च इन्स्टिट्युटको अध्ययनले देखाएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, पुस ११, २०८१