विभिन्न व्यक्तिका वीचमा उम्मेद्वारी दर्ताको लहर चलिरहेका बेला एनआरएन अमेरिकाको मेरील्याण्ड च्याप्टरमा शिवराज पौडेलले पनि उम्मेद्वारीको घोषणा गरेका छन् । उनले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै आफुले उम्मेद्वारी दिने घोषणा गरेका हुन् । केन्द्रीय नेतृत्वसंगै स्थानीय नेतृत्वको पनि निर्वाचन हुने प्राबधान भएकोले आफ्नो पनि उम्मेद्वारी दर्ज हुन लागेको उनको भनाई छ । भर्खरै जन्मिएको संस्थाको स्थानीय नेतृत्व सक्षम र सबल बनाउन प्रभावकारी नेतृत्वको खाचो रहेको र त्यसका लागी आफ्नो उम्मेद्वारी रहने पौडेलेको दाबी छ ।
ूविद्यार्थी कालमा विद्यार्थी संगठनको नेतृत्व गर्नेदेखि लिएर एउटा इन्जिनीयरको रूपमा राष्ट्रसेवक भई काम गर्दा मैले गरेका अनुभवलाई आप्रबासी नेपालीहरूको बृहत्तर हितका लागि उपयोग गर्ने उद्देश्यले मैले आगामी निर्वाचनमा मेरिल्याण्ड च्याप्टरको अध्यक्षमा उम्मेद्वारी दिने सोच बनाएको छु । उनले भनेका छन् ,आफ्ना धारणा, योजना र कार्यक्रम लिएर म छिट्टै नै यहाँहरू समक्ष प्रस्तुत हुने पनि उनको भनाई छ ।
प्रतिक्रिया