पूर्व लडाकुको रिहाईको माग गर्दै बझाङ बन्द

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
३ चैत्र २०७१, मंगलवार १०:२३

सम्राट सिंह

बझाङ ,३ चैत्र । नेपाली सेनाको हिरासतमा रहेका पूर्व लडाकु गणेश बहादुर खडकाको रिहाईको माग गर्दै चैत्र ४ गते बझाङ बन्दको घोषणा गरेको छ । एनेकपा माओवादी,नेकपा माओवादी र नेकपा माओवादीले सोमबार संयुक्त रुपमा विज्ञप्ती जारी गरी पूर्व लडाकु खडकाको रिहाईको माग गर्दै बझाङ बन्दको घोषणा गरेको हो ।
सशस्त्र द्घन्द्घ कालमा हतियार सहित नेपाली सेनाको ब्यारेकबाट भागेर तत्कालिन माओवादीका लडाकु बनेका गणेस खड्कालाई गत शनिबार प्रहरीले पक्राउ गरी नेपाली सेनालाई बुझाएको थियो । जयपृथ्वी नगरपालिका ७ हेमन्तवाडा घर भएका खड्कालाई घर आएको मौका छोपी प्रहरीले नियन्त्रणमा लिएको थियो । हाल उनी शत्रुमर्दन गुल्म पानकोटको हिरासतमा रहेका छन । खड्का २०६२ सालमा पानकोटको ब्यारेकबाट भागेका थिए । एकिकृत नेकपा माओबादी,नेकपा माओवादी र नेकपा माओवादी ले हिरासतमा रहेका पुर्व लडाकु खड्कालाई रिहाई नगरे थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने बिज्ञप्तीमा उल्लेख गरीको छ ।
रिहाईको माग गर्दे गरिएको बन्द आव्हानले नजिकिदै गरेको एसएलसी परिक्षालाई समेत प्रभावित पार्ने भएको छ । सरकारले १२ बुदे सहमती र बिस्तृत शान्ति सम्झौता बिपरित एकपछि अर्को क्रियाकलाप गर्दै गएको भन्दै यस्ता घटना दोहो¥याए देश फेरी द्घन्द्घतिर जाने नेकपा माओवादीका जिल्ला सेक्रेटरी आनन्द विकले जानकारी दिए । द्घन्द्घकालमा भएका घटनाहरु ब्यूताउन खोजे आफुहरु पनि बिगतमा जनअदालतमा भएका मुद्घाहरु पनि उल्ट्याइने उनको भनाइ छ ।
अन्तरिम संविधानमा जनयुद्घका सबै घटनाहरु सत्य निरुपण तथा मेलमिलाप आयोग मार्फत समाधान गर्ने सहमती भएको भएपनि द्घन्द्घकालिन मुद्घा ब्यूताए शान्ति सम्झौता असर पर्ने सरोकारवालाको बुझाई रहेको छ । हिरासतमा रहेका खड्कालाई सैनिक ऐन अनुसार कारबार्हि गरिने शत्रुमर्दन गुल्मका सेनानी भोला पाण्डेले बताए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, मंसिर ५, २०८१