अमेरिका,२ चैत । एनआरएन एनसीसी अमेरिकाको अध्यक्षका लागि उम्मेदवारी दिनुभएका डा.केशव पौडेलसँग बाल्टिमोर बासीले प्रत्यक्ष रुपमा बृहत अन्तरक्रिया गरेका छन । चुनावी अभियानका लागि हालै बाल्टिमोर पुग्नु भएका डा. पौडेलले बाल्टिमोरको डाउनटाउनमा आयोजित अन्तरक्रियामा आफ्नो भावी कार्य दिशाका बारेमा स्पष्ट पार्नुभएको थियो । अन्तरक्रिया कार्यक्रममा डा.केशव पौडेल, एनआरएन एनसीसीको उपाध्यक्ष पदमा उम्मेदवारी दिनुभएकी रविना थापा, एनसीसीको उपाध्यक्ष पदमा उम्मेदवारी दिनुभएका मोहन थापा, उपाध्यक्ष पदकी अर्का उम्मेदवार केमिका भण्डारी, सुशील रेग्मी लगायतले आफूहरुको नेतृत्वमा एनआरएनको भावनाविपरीत कुनै पनि काम नगर्ने र एनआरएनको हकहितको लागि जस्तोसुकै कदमका लागि पनि तयार रहने प्रतिवद्धता जनाउनुभएको थियो । कार्यक्रममा मन्तब्य राख्ने सबैले एनआरएनको आगामि दिनहरुमा बन्ने नेतृत्व सबै एनआरएनको भावना समेटने सबैको ढुकढुकी बन्नु पर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा उम्मेदवारहरुलाइ शुभकामना दिनुहुनेहरुमा नेजाका अध्यक्ष गौतम दहाल पत्रकार कृष्ण शर्मा, स्थानिय बुद्धिजिबी रबि लामिछाने एच बि भण्डारी राज सेन्चुरी, दुर्गा श्रेष्ठ, प्रेम कुमार श्रेष्ठ, कुलमणि आचार्य, डा श्याम कार्की, ज्ञानु रिमाल, डा। भिम कटेल, देशराज संयोक, अर्जुन हमाल, यदु पोखरेल, गोपाल बिश्वकर्मा, कृष्ण धाराबासी, चित्रा केसी, नारायण थापा लगाएतका रहनु भएको थियो । साथै सोहि कार्यक्रममा समाजसेबि तथा बाल्टिमोर एसोसिएसन अफ नेपलिज इन अमेरीका ९बाना० का पुर्व अध्यक्ष रबिना थापाले समेत आफ्नो उम्मेदबारी घोषणा गर्नुभएको थियो । थापाले बिगत १३ बर्ष देखी बाल्टिमोरका बसी अमेरीकामा बसोबास गर्ने नेपालीहरु तथा नेपालमा समेत समाजसेवाको क्षेत्रमा ठुलो योगदान गर्नुभएको छ ।
डा. पौडेलले आफ्नो उम्मेद्वारी तथा भावी कार्यदिशाका विषयमा बाल्टिमोर वाशिंगटन क्षेत्र आसपासका नेपालीहरुसंग प्रत्यक्ष अन्तरक्रिया गर्नुभको थियो । एन्आरएन् एन् सी सी एन् अमेरिकाको आगामी निर्बाचनका अध्यक्ष पद्का प्रत्यासी डा.केशव पौडेल पेशाले चिकीत्सक हुन भने प्रशासनमा पनी कुशल ब्यबस्थापक ठानिन्छन। हाल न्यु म्याक्सिको स्थित लभलेस हेल्थ सिस्टममा निर्देशक पदमा कार्यरत डा.पौडेलअमेरिकन कलेज अफ फिजिसियन र सोसाईटी अफ हस्पिटल मेडिसिनको फेलोको रुपमा क्रियाशील रहेका छन्। २०४६ सालमा महीन्द्री मा.वि.तनहुबाट एसएलसी पास गरेका पौडेल स्कुल को पढाईमा सधै सर्बप्रथम हुने गर्दथे। तनहु जिल्ला सतिश्वारा गाविस ९ मा साधारण परिवारमा जन्मिएका पौडेल सानैदेखी समाजसेव प्रतिपनी उत्तीकै चाख रख्दथे । तेसैले होला उनी स्कुल पढ्दानै जुनीयर रेडक्रस का सभापती भइ दुई वर्ष काम गरे। तेसो त सनैदेखी मिजासीला शोभावका उनी हरेक अतिरिक्त कृयाकलापमा पनी प्रथमनै हुने गर्दथे। उच्च शिक्षाका लागी राजधानी लागे पछी पनी डा.पौडेलले अध्ययन,राजनिती र समाज सेवालाई संगसगै अगाडी वढाए।क्याम्पस स्तरमा विद्यार्थी संगठनका विभिन्न तहमा रही हरेक संघर्ष र चुनौतीहरुको सामना गर्दै सफल नेतृत्व र सक्षम विद्धर्थीको पहीचान पनी नबनाएका होईनन् उनले। त्रि.वि.वि. चिकित्सा शास्त्र अध्ययन संस्थानको स्वतन्त्र विद्यार्थी यूनियनको सभापती ,फ्याकल्टी बोर्ड विद्यार्थी प्रतिनिधि, प्राविधिक विाद्यार्थी संघको अध्यक्ष तथा नेपाल विद्यार्थी संघको निर्वाचित केन्द्रिय सदस्यको सफल भुमिका निर्वाह गरेको अनुभवहरू उनी संग अझै ताजा छन्। कार्यक्रममा बाल्टिमोर वाशिंगटन क्षेत्र आसपासका बिशिष्ट ब्यक्तिरुको उल्लेखनिय सहभागिता रहेको थियो ।
प्रतिक्रिया