विश्वकै महङ्गो मोबाइल ‘आइफोन 4 डायमन्ड रोज’,जसको मुल्य ५५ करोड

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२ चैत्र २०७१, सोमबार १२:००

तपाईँ कस्तो मोबाइल बोक्नुहुन्छ ? काम चलाउने खालको सामान्य सेट लिनु भएको होला । अथवा फोटो खिच्न मिल्ने, जिपिआरएस चल्ने र सामान्य भिडियोसम्म खिच्न मिल्ने खालको । मूल्य सामान्य पाँच दश हजारको । तर विश्वमा यस्ता मोबाइल पनि छन् जस्को मूल्य करोडौँ पर्छ र यस्ता मान्छे पनि छन्, जस्ले करोडौँका मोबाइल बोक्छन् ।  स्टाउर्ट हियुजेजले डिजाइन गरेको ‘आइफोन 4 डायमन्ड रोज’ विश्वकै महङ्गो मोबाइल हो । यसको उत्पादनमा नै पाँच मिलियन पाउन्ड खर्च भएको थियो । यो मोबाइलको हाउजिङ अति दुर्लभ चट्टान (ग्रेनाइट) को एउटै टुक्राबाट बनाइएको छ ।

444अगाडीपट्टी एक सय क्यारेटको हिराका पाँच सय टुक्रा जडित यो मोबाइलको पछाडी राखिएको एप्पलको लोगोमा ५३ वटा हिरा जोडिएको छ । यसको मुख्य नेभिगेसन दुर्लभ मानिने प्लाटिनम धातुबाट बनाइएको छ । हिरा, प्लाटिनम र ग्रेनाइटका अतिरिक्त यसमा सुन समेत जडान गरिएको छ । यो मोबाइलको नेपाली मूल्य ५५ करोड पर्छ । एजेन्सीको सहयोगमा

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, अशोज २२, २०८१