कण्डमको ड्रेसको माग बढ्दो

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२ चैत्र २०७१, सोमबार ११:५१

सुन्दा पनि एकछिन तपाईको बोली रोकिन सक्छ । तर यथार्थ हो कण्डमको कपडा । यस्तो पहिरन एक ४३ वर्षीया ब्राजिलियन ड्रेस डिजाइनर एड्रियाना बर्टिनीले निर्माण गरेकी हुन् । एड्रियानाको यो डे«समा मोडल्सले रैम्पमा वाक पनि गरेका छन् ।condom-dress-emma-kaywin-11-300x223

एड्रियाना एचआइभी एड्सबाट मानिसहरुलाई बचाउन अभियानका लागि यो ड्रेस डिजाइन गरेकी हुन् । एड्रियानाले कयौ रंगका पहिरन बनाएकी छन् । एड्रियाना र उनको टिमले कन्डोम प्रयोग गरेर कन्डोम गहना पनि बनाएका छन् ।
एड्रियानाले डेली मेललाई बताएअनुसार उनी पहिरन र गहना बनाउन मिति गुज्रेका कण्डोम प्रयोग गर्छिन् । उनले बनाएका कयौ पहिरन अन्तर्राष्ट्रियस्तरमा प्रदर्शन पनि भइसकेको छ। करिब १००० वटा कण्डोमहरु प्रयोग गरेर उक्त ड्रेस निर्माण गरिएको हो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, अशोज २२, २०८१