इङलिस प्रेमियरसिपमा चेल्सी साउथह्याम्पटनसँग बराबरीमा

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२ चैत्र २०७१, सोमबार ११:२१

एजेन्सी । इङलिस प्रेमियरसिप फुटवलको शीर्ष टोली चेल्सी पछिल्लो खेलमा साउथह्याम्पटनसँग बराबरीमा रोकिएको छ ।

chचेल्सीले डियगो कोष्टाको गोलबाट ११ औं मिनेटमा अग्रता लिएपनि आठ मिनेटपछि डुसान टाडिकले साउथह्याम्पटनका लागि बराबरी गरेका थिए । बराबरीपछि पनि चेल्सीले ६४ अंकसहित एक म्याच बढी खेलेको म्यानचेस्टर सिटीसँगको दुरी ६ अंकले यथावत् राखेको छ । प्रेमियरसिपका अन्य खेलमा म्यानचेस्टर युनाइटेडले टटनहम हर्टसपरलाई ३–० ले पराजित गर्‍यो । जितपछि युनाइटेड ५६ अंकसहित चौथो स्थानमा यथावत् छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, अशोज २२, २०८१