जसले नक्कली क्रिकेट विशेषज्ञ बनेर बिबिसीलाई अन्तर्वार्ता दिए

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२ चैत्र २०७१, सोमबार ०९:५७

काठमाडौं,२ चैत  ।  क्रिकेट विश्वकप नकआउट चरणको रोमाञ्चक प्रतिष्पर्धातर्फ पुगेका बेला क्रिकेट विश्वकपसम्बन्धी एक रोचक घटना सार्वजनिक भएको छ ।

download

आफू पूर्व पाकिस्तानी क्रिकेटर भएको बताउँदै एक नक्कली व्यक्तिले टेलिभिजन च्यानलमा विशेषज्ञका रुपमा अन्तर्वार्ता दिएका छन्,त्यो पनि बेलायतको बिबिसी टेलिभिजनलाई । आइतबार पाकिस्तान र आयरल्यान्डबीचको खेलअघि बिबिसीमा नदिम आलम नामका ती व्यक्तिले पूर्व पाकिस्तानी क्रिकेटर नदिम अब्बासीको नामबाट अन्तर्वार्ता दिएका थिए । ती व्यक्तिले अब्बासी बनेर पूर्व भारतीय क्रिकेटर एवं क्रिकेट विश्लेषक आकाश चोपडासँग क्रिकेटबारे सामूहिक छलफलसमेत गरेका थिए ।

ती नक्कली अब्बासीको अन्तर्वाता बिबिसी वल्र्ड न्युज,बिबिसी एसिया नेटवर्क र रेडियो फाइभबाट प्रसारण भएको थियो । यद्यपि,बिबिसीले पछि ती व्यक्ति पूर्वपाकिस्तानी क्रिकेटर अब्बासी नभएर आलम भएको पुष्टि गरेको थियो । त्यसपश्चात बिबिसीले बास्तबिक अब्बासीसँग माफीसमेत मागेको छ । आजको नयाँ पत्रिका  खबर छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, अशोज २२, २०८१