काठमाडौं,१ चैत । नेपाल वायुसेवा निगमका महाप्रबन्धक मदन खरेलले राजिनामा दिएका छन् । आइतबार दिउँसो पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा गई खरेलले राजिनामापत्र बुझाएको स्रोतले बताएको छ ।
स्रोतले जानकारी दिए अनुसार निगममा काम गर्ने बेला निगमका अध्यक्ष शिवसरण न्यौपाने, बोर्ड सञ्चालक समिति, इञ्जिनियरिङ विभाग लगायतबाट असहयोग पाएपछि उहाँले राजिनामा दिनुभएको स्रोतले जानकारी दिएको छ । तर, मन्त्रालयमा राजिनामापत्र बुझाउँदा उनले स्वास्थ्यको कारण देखाएको बुझिएको छ । निगममा एयरबस ल्याउनका लागि खरेलले ठूलो भूमिका खेलेका थिए । उनकै पहलमा ल्याउन लागिएका दुईवटा एयर बसमध्ये एउटाले व्यवसायीक उडान सुरु गरिसकेको छ भने अर्को डेढरदुई महिनाभित्रमा आउँदैछ ।
प्रतिक्रिया