घर किन्दा सित्तैमा पाउनुहोस सुन्दर श्रीमती !

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१ चैत्र २०७१, आईतवार १२:३९

व्यापार गर्न विश्वमा धेरै तरिकाका अफरहरु दिने गरिन्छ । कतिपय विजनेसमा महंगा करोडौ मूल्य पर्ने उपहारहरु पनि दिने गरिन्छ । तर इन्डोनेशियाको एक यस्तो अफर आएको छ की घर किन्दा सित्तैमा सुन्दर श्रीमती पाउनेछन् । इन्डोनेशियाकी एक महिलाले घर किन्ने जुनसुकै व्यक्तिलाई श्रीमान बनाउने बताएकी छिन् ।

wifeउनको घर विक्रीको विज्ञापन सञ्चारमाध्यममा भाइरल बनेको छ । ती घरकी मालकिनको नाम विना लिया हो । उनले घर किन्न आउनेसंग विहे गर्ने प्रस्ताव राखेकी छिन् । यो विज्ञापन इन्टरनेटमा पनि राखिएको छ । विज्ञापनमा घरमा दुई बेडरूम, दुई वाथरुम, पार्किंग स्थल भएको घर किन्नेसंग विनाले विहे गर्नेछिन् ।
विज्ञापनमा लेखिएको छ जब तपाई घर किन्नुहुन्छ तब घरकी मालिकिन विनासंग विहे गर्नका लागि प्रस्ताव राख्न सक्नुहुनेछ ।
विज्ञापनमा विनाको तस्विर पनि राखिएको छ । ४० वर्षकी विना एकल (विधवा) महिला हुन । विना ब्यूटीपार्लर व्यवसायी हुन । तपाई पनि विनालाई पाउन चाहनुहुन्छ भने घर किन्न सम्पर्क राख्नुहोस । एजेन्सीको सहयोगमा

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, अशोज २२, २०८१