काठमाडौं,१ चैत । सन् २०१४ मा नेपाल घुम्न आउने पर्यटकको संख्या ५ लाख ८५ हजार ९ सय ८९ मा झरेको छ । पर्यटक वोर्डका अनुसार यो संख्या २०१३ को तुलनामा ० दशमलव ३ प्रतिशतको कमी हो । बोर्डको तथ्याङ्क अनुसार गत वर्ष ५ लाख ८७ हजार ८ सय ४२ जना पर्यटक नेपाल आएका थिए ।
बोर्डका अनुसार २०१४ को जनवरीदेखि मे सम्ममा पर्यटकको संख्या बढेपनि जुनबाट भने नेपाल आउने पर्यटकको संख्या क्रमश घट्दै गएको हो । नेपालको अस्थिर राजनीतिले पनि पर्यटक घटाएको पर्यटन बोर्डले जानकारी दिएको छ । पर्यटक आगमन बढाउने एक मात्रै सूत्र नेपाल वायुसेवा निगमको सुधार र राजनीतिक स्थायित्व भएको बोर्ड बताउँछ ।
प्रतिक्रिया