भनाउतामा समुन्द्री आँंधीका कारण करिब ९० प्रतिशत घरहरु ध्वस्त

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१ चैत्र २०७१, आईतवार १२:००

एजेन्सी । अष्ट्रेलियाको पूर्वी क्षेत्रमा अवस्थित टापु मुलुक भानाउतामा आएको शक्तिशाली समुन्द्री आँंधीका कारण करिब ९० प्रतिशत घरहरु ध्वस्त भएका छन् । ‘पाम’ नाम दिइएको आंँधीका कारण भानाउताको राजधानी पोर्ट भिलामा बढी क्षति भएको छ भने केही गाउंहरु त पूरै ध्वस्त भएको रेडक्रसका प्रवक्ताले जनाएका छन् । आंँधीका कारण कम्तिमा ८ जनाको मृत्यु भएको जनाइए पनि यो संख्या बढ्न सक्ने अनुमान गरिएको छ ।

vanautafinalराष्ट्रपति बाल्द्विन लोन्स्दाले सहयोगका लागि अन्तर्राष्ट्रिय समुदायलाई अपील गर्नु भएको छ । संयुक्त राष्ट्रसंघको विपत टोली पनि भानाउता पुग्दैछ । प्रशान्त टापुको इतिहासमै अत्यन्त खराब मानिएको आंधीको गति २ सय ७० किलोमिटर प्रतिघण्टा सम्म रहेको थियो । आँंधीसंगै आएको वर्षाले थप क्षति पुर्‍याएको छ । भानाउता ६५ वटा टापुहरु मिलेर बनेको छ भने यस मुलुकको जनसंख्या साढे दुई लाख छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, पुस ११, २०८१