म अमिता प्रधान,उमेरले ४७ बर्षको भए हाल म बाल पुर्नस्थापना तथा कल्याण केन्द्रको सचिव रहेको छु । २०७१ फागुन १२ गते मंगलबारको घटना हो,बेलुका ४ बजे रामेछापबाट एउटा स्थानिय महिलाले मलाई फोन गरिन । फोनमा मलाई दुर्गा कार्की नाम गरेकी महिलालाई जबरजस्ती तानातान गरेर रुवाबासी गरेर लगिराखेको भन्दैं मलाई उक्त महिलाले मलाई फोन गरिन । मैले फोन गर्ने र दुर्गा कार्की दुवैलाई चिनिन र मैले फोन राखिदिए । पछि मैले उक्त यूवतीलाई नचिनेता पनि मैले उक्त दुर्गा नामक महिलालाई सहयोग गर्नु पर्छ भन्ने मानवताको नाताले सुरक्षा निकायसम्म पुर्याउनुपर्छ भनेर मैले उसको खोजी निति गर्ने कुनै आधार नभएका कारणले मैले १९७ मा फोन गरे । र मैले उक्त फोनबाट रामेछापको महिला हेल्प लाइन र प्रहरीको नम्बर मागे । रामेछापमा एउटा पनि महिला हेल्प लाइन रहेनछ,अनि मैले प्रहरीको नम्बरबाट बेलुकाको ४ बजे देखी ७ बजेसम्म खोजिनिती गर्दा बल्ल महिला फेला परिन । रामेछापको गेलु भन्ने ठाँउमा उक्त महिला फेला परिन । रामेछापको फुलासी चौकीका प्रहरीहरु २ घण्टा उकालो हिड्नु पर्ने र गाडी एउटा पनि नभएको अबस्थाले प्रहरी घटना स्थलसम्म पुग्न सकेनन् । अनि मैले स्थानियलाई एकरात बास दिइ भोली पल्ट अर्थात फागुन १३ गते गाडी चडाई काठमाडौं पठाउन आग्रह गरे । त्यसपछि त्यहाँका स्थानिय व्यक्तिले एक रात बास दिइ भोली पल्ट बिहान दुर्गा कार्कीलाई गाडी चढाई स्थानियहरुले काठमाडौं पठाइदिए । त्यसपछि उक्त महिलालाई मैले बुझ्न सर्तमा कोटेश्वर बर्स पार्क लिन गए । सो महिला कोटेश्वमा आइपुग्दा अर्थात म पुग्नु भन्दा अगाडी नै यहाँबाट उक्त दुर्गा कार्कीलाई उठाउने व्यक्तिहरु त्यहाँ लिन आइसकेका थिए । मैले उक्त दुर्गा नाम गरेकी महिला चडेर आएको गाडीको चालकलाई कुनै पनि व्यक्तिको हातमा उक्त महिला नदिनु नभए कोटेश्वर प्रहरीमा बुझाउनु भने र उक्त चलाकहरुले दुर्गालाई कोटेश्वको पुलिस थानामा बुझाए । र म त्यसपछि कोटेश्वर पुगे । र मैले उक्त दुर्गालाई काठमाडौंबाट रामेछाप पठाउन संग्लग्न व्यक्तिहरुलाई कोटेश्वर प्रहरीमा उपस्थत गराए । त्यसपछि प्रहरीले सबै जनालाई कागज गराए र तारिकको सर्त राखे र प्रहरीले नबुझी नपठाउने भने । त्यसपछि मैले महिला हेल्प लाइनहरु गुहार्दा रोजगारीको ग्यारेन्टी पनि भएन,बासस्थानको व्यबस्था पनि भएन मात्रै शिपमुलक तालिमको व्यबस्था मात्र रहेको भन्ने मैले पाए ।
उक्त अनपढ र पिडित दुर्गा कार्कीलाई त्यतिले प्रयाप्त भएन र उसलाई तत्काल गाँस र बासको आबश्यकता मैले देखे । त्यसपछि मैले आफैं गएर काठमाडौंको विरुवा नामक ठाँउमा दुर्गाका लागी ठाँउ खोजिदिए बस्नका लागी । अनि हाम्रो यस्तो अन्योल अबस्थामा एक समाजसेबीले उक्त महिलालाई जिम्मा लिन्छु भने र कोटेश्वर प्रहरी,मेरोे रोहवरमा दुर्गालाई समाजसेवीको घरमा व्यबस्थापन गरे ।
यो एउटा राज्यको दायित्व हो,एउटा सर्वसाधारण नागरिकले सहयोग गर्न खोज्दा महिला हेल्प लाइनबाट पनि पुरा सहयोग नभएको जस्तैं रोजगार र बासस्थान,प्रहरी चौकीमा एउटा गाडी नभएको कारण प्रहरीले उक्त दुर्गालाई तुरुन्त उदार गर्न नसकेको अबस्था र प्रहरीले पनि जिम्मेवार नदिएको देख्दा मलाई साह्रै दुखदायक लाग्यो । घटनाहरु घटेको लामो समयपछि मात्रै उक्त घटेका घटनाहरु सार्वजनिक भएपनि २४ घटना भित्र सार्वजनिक भएको पिडितको जिम्मेवारी सरकारले नलिएको अबस्था देख्दा मलाई अझ धेरै दुख लाग्यो । यसरी यस्तो घटनाको जिम्मेवारी कसैले पनि लिदैंन यदि लिइ हालेको अबस्थामा सरकारी निकायले सरकारको जिम्मेवारी पुरा नगरेको कारण यस्ता घटनाहरु दैनिक बढ्ने सम्भावना मैले धेरै देखेको छु । सर्वसाधारणको जिम्मेवारी सुरक्षा निकाय सम्म पुर्याउने हो र राज्यको तर्फबाट पुरा जिम्मेवारी लिनु पर्छ ।
प्रतिक्रिया