दलित, चेपाङ र राउटेलाई छात्रबृति

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१ चैत्र २०७१, आईतवार ११:५१

काठमाडौं १ चैत । शिक्षा मन्त्रालयले सामुदायिक विद्यालयबाट प्रथम श्रेणीमा एसएलसी पास गरेका दलित, चेपाङ र राउटेलाई छात्रबृति दिने भएको छ । उच्च माध्यमिक तहमा अध्ययनरत निम्न आएका भएका उनीहरुलाई छात्रबृति प्रदान गर्न लागेको शिक्षा विभागले जनाएको छ । यस्ता विद्यार्थीले अध्ययनरत जिल्लाको शिक्षा कार्यालयमा निवेदन दिनु पर्ने हुन्छ । शिक्षा कार्यालयले निवेदन संकलन गरी शिक्षा विभागको लैङगिक समावेशी शाखामा पठाउन विभागले सूचना जारी गरेको छ ।

eduविभागले कातिक १ मा सूचना प्रकाशित गरेपनि धेरैजसो जिल्ला शिक्षा कार्यालयले विवरण नपठाएको विभागले जनाएको छ । इच्छुक विद्याथीले अध्ययन गरेको जिल्ला शिक्षा कार्यालयमा चैत ७ गतेभित्र निवेदन दिन सकिन्छ । शिक्षा कार्यालयले विद्यार्थीको विवरण संकलन गरी चैत १५ भित्र पठाउनु विभागले निर्देशन दिएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, कार्तिक ७, २०८१