सोसल साइटको प्रयोग गर्न छाड्नेहरुको संख्या बढ्दै

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१ चैत्र २०७१, आईतवार ११:४७

फेसबुक, ट्वीटरलगायतका सोसल साइटको प्रयोग गर्न छाड्नेहरुको संख्या बढ्दै गएको छ । अष्ट्रियाको भियना विश्वविद्यालयका विद्यार्थीहरुले गरेको अध्ययनमा मानिसहरुले गोपनीयता भंग हुने डरले सोसल साइटको प्रयोग गर्न छाडेको पाइएको हो । प्रयोगकर्ताले अनावश्यक रुपमा इन्टरनेटमा बसिरहने बानी र इन्टरनेटको लतबाट छुटकारा पाउन पनि यसको प्रयोग घटाउँदै लगेको अध्ययनको निष्कर्ष छ । अध्ययनकर्ताहरुले सोसल साइट चलाउन छाडेका ३ सय जना र प्रयोग गरिरहेका ३ सय जनामा यस्तो अनुसन्धान गरेका थिए । त्यसबाट प्रयोगकर्ताहरु गोपनीयताका कारण चिन्तामा रहेको पाइएको हो ।

facebook_what_appsअध्ययनमा सहभागी प्राध्यापक स्टेफन स्टिइगरका अनुसार गोपनीयता भंग हुने चिन्तामा रहेका उनीहरुले आफ्नो फेसबुक अकाउन्ट डिलिट गर्ने गरेको पनि बताएका छन् । अमेरिकाको सुरक्षा सम्बन्धी निकाय नेशनल सेक्युरिटी एजेन्सी एनसिए र विकिलिक्सले गोप्य सूचनाहरु समेत सार्वजनिक गरेपछि सोसल मिडिया प्रयोगकर्ताहरु झनै डराएका हुन् । पछिल्लो समयमा बिभिन्न देशले फेसबुकसँग प्रयोगकर्ताहरुको डाटा माग्ने क्रम बढ्नुले पनि प्रयोगकर्तामा असर देखिएको हुन सक्ने विज्ञहरुले बताएका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, अशोज २२, २०८१