युएईमाथि वेष्ट इन्डिजको प्रभावशाली जित

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१ चैत्र २०७१, आईतवार ११:२१

विश्वकप क्रिकेट अन्तर्गत न्यूजिल्याण्डको नेपियरमा सम्पन्न खेलमा युएईलाई ६ विकेटको फराकिलो अन्तरमा हराउँदै वेष्ट इन्डिजले अन्तिम आठमा पुग्ने संभावना बलियो बनाएको छ । वेष्ट इन्डिजको यो जितले समूहका अरु दुई टोली पाकिस्तान र आयरल्याण्डमाथिको दबाब बढेको छ । नेपियरमा आज विहान टस हारेर पहिले व्याटिङ गरेको युएईले ४८ औं ओभरमा अलआउट हुनुपुर्व १ सय ७५ रन बनायो ।

best indianकुनै समय ४६ रन जोड्दा ६ विकेट गुमाईसकेको युएईको ईनीङ समाल्ने क्रममा नासीर अजीज र अम्जद जाभेदले सातौं विकेटको लागि १ सय ७ रनको साझेदारी गरेका थिए । अजीजले व्यक्तिगत ६० तथा जाभेदले ५६ रन जोडे । बलीङतर्फ वेष्ट इन्डिजका जेसन होल्डरले ४ विकेट लिए । जवाफमा १ सय ७६ रनको सामान्य लक्ष्य वेष्ट इंडीजले ३१ औं ओभरमा ४ विकेट गुमाएर पूरा गर्‍यो । वेष्ट इन्जिजको जितमा जोन्सन चाल्र्सको ५५ रन तथा जोनाथन कार्टरको अविजित ५० रन महत्वपूर्ण रह्यो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, अशोज २२, २०८१