अमेरिकाको एनआरएनलाई संसारभरकै नमुना बनाएर देखाइदिन्छु : सानुबाबु सिलवाल

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१ चैत्र २०७१, आईतवार ११:१७

सानुबाबु सिलवाल

अध्यक्ष पदका उम्मेदवार,एनआरएन, अमेरिका

अमेरिका १ चैत । सानुबाबु सिलवाल नेपाली समाजमा चिरपरिचित नाम हो । नेपालमा विकास एवं वातावरणीय पत्रकारितामा लामो समयसम्म काम गरेका सिलवाल अमेरिकामा पनि नेपालीमाझ उत्तिकै चर्चित हुनुहुन्छ । कुशल लेखक सिलवालले अमेरिकामा सफल ब्यवसायीको परिचय बनाइसकेका छन् । अमेरिकी चेम्बर अफ कमर्शमा क्रियाशिल सिलवाल यूएस–नेपाल चेम्बर अफ कमर्शका बरिष्ठ उपसभापति हुन् । ‘आफ्नो साहु, आफैं बनौं’ भन्ने नाराका साथ आर्थिक स्वतन्त्रता र समृद्धिका लागि लगातार क्रियाशिल हुनुहुन्छ । गैरआवासीय नेपाली संघ अमेरिकाको आसन्न निर्वाचनमा सभापति पदमा उम्मेदवारी दिनुभएका सशक्त उम्मेदवार सिलवालसँग हामीले फोनवार्ता गरेका थियौं । प्रस्तुत छ, सोही वार्ताको सार संक्षेपः–

sanubabu-silwal-300x300० तपाईंले एनआरएन अमेरिकाको अध्यक्षपदमा उम्मेदवारी दिइसक्नु भएको छ, एनआरएन अमेरिकामातपाईंको अध्यक्षता किन ?

– अहिले गैरआवासीय नेपाली संघ अमेरिकालाई सक्रिय र ब्यापक बनाउन जरुरी देखिएको छ।मैले ब्यापक सहभागिताका साथ यसलाई थप सक्रिय बनाउन आफूलाई योग्य ठानेर अध्यक्षपदमा उम्मेदवारी घोषणा गरेको हुँ।अमेरिकामा नेपाली समाजको प्रगतिका साथै आर्थिकविकास अहिलेको मुख्य विषय हो।यहाँ नेपाली समाजलाई सशक्त र आर्थिकरूपमा पनि उत्तिकै सवल बनाउन प्रभावकारी भूमिका निर्वाह गर्ने दृढअठोटका साथ मैले अध्यक्ष पदमा उम्मेदवारी दिएको हुँ। एनआरएन अमेरिकालाई सबै नेपालीको साझा र छाता संस्था बनाउनुपर्छ भन्ने मेरो मान्यता हो।त्यसका लागि आफूलाई योग्य ठानेर मैले उम्मेदवारी दिएको हुँ।

० यसपटकको चुनावमा कडा प्रतिस्पर्धा हुने देखिएको छ,अन्य उम्मेदवार भन्दा तपाईं आफूलाई के आधारमा योग्य ठान्नुहुन्छ ?
– अमेरिकामा संसारभरका गैरआवासीय नेपालीसंघको भन्दा धेरै सदस्यता छ।यस अर्थमा पनि एनआरएन अमेरिका अन्य देशको एनआरएनको तुलनामा ठूलो छ।अत्यधिक सदस्य भएका कारण चुनावी माहोलयुद्धस्तरमा अघि बढ्नु स्वभाविक हो।म अन्य उम्मेदवारका विषयमा नकारात्मक टिप्पणी गर्न चाहन्न।म हिजो पनि नेपाली समाजको प्रगतिका लागि निरन्तरक्रियाशिल थिएँ।नेपाली समाजको आर्थिक विकासका निमित्त मैले प्रसस्तै काम गरेको छु।आगामी दिनमा पनि मेरो लक्ष्य र गन्तव्य भनेको नेपाली समाजको आर्थिक र सामाजिक प्रगति नै हो।अहिले यो संस्थामा कतिपय मान्छेहरू केवल नाम र दाम कमाउने निहितउद्धेश्यले आएका छन्।तर, इमानदारिताका साथ काम गरेर नाम कमाउनुपर्छ भन्ने मेरो मान्यता हो।

० एकातिर एनआरएननै दर्ता नभएको अवस्था छ,तर, जलविद्युतमा करोडौंको लगानी भइसकेको छ।यस्तो अवस्थामा गैरआवासीय नेपालीहरूले विदेशमा दुःखगरी आर्जन गरेको लगानीको सुनिश्चिततालाई कसरी प्रत्याभूत दिनुहुन्छ ?

– तपाईंलाई एउटा के कुरा स्मरण गराउन चाहन्छु भने यो संस्था झन्डै डेढवर्ष अघिनै दर्ता भइसकेको छ।लगानीको सन्दर्भमा मेरो अलि फरक धारणा छ।यो संस्था आफैंले कुटो–कोदालो बोकेर भीरमा निस्किने होइन। यसको काम भनेको वकालत गर्ने हो।यस संस्थाले नेपाली समाजका विषयमा वकालत गरी परदेशिएका नेपालीको हक–अधिकारका विषयमा लड्ने हो।त्यसैले यस संस्थाले नेपाल सरकारसँग समन्वयगरी नेपाली समाजको आर्थिक, सामाजिक रूपान्तरणमा काम गर्नुपर्छ भन्ने मेरो मान्यता हो।

० दोहोरो नागरिकताका विषयमा नेपालका राजनीतिक दलहरूले अर्कोतिर टाउको फर्काइरहेको अवस्था छ। जसले गर्दा यो सवाल अन्योलमा परिरहेको छ।यस्तो जटिल अवस्थामा दोहोरो नागरिकताको मुद्दालाई बोकेर हिँड्न सम्भव होला ?

– परदेशीसकेका नेपालीहरूले आफ्ना अधिकार स्थापित गर्न नागरिकताका लागि माग गरेको अवस्था हो। नेपालको भौगोलिक अवस्थाका कारण पनि सम्भव हुँदैन भन्ने कुरापनि उठेका थिए। अहिलेको अवस्थामा यो कत्तिको सम्भव छ भन्नेमा अहिले सरकारसँग कुरा भइरहेको छ।सरकारले पनि अहिले दोहोरोनागरिकताको विषयलाई गम्भीरताका साथ लिएर विभिन्न कुरा उठाइरहेको छ। भारतसँगको हाम्रो खुला सीमाका कारण प्राविधिक र नीतिगत समस्या पर्न सक्छ।तर, भारतले आफ्ना गैरआवासीय नागरिकलाई नागरिकता दिन सन् २००५ मा अङ्गिकार गरे जस्तै नीति नेपालले पनि अङ्गिकार गर्न सके दोहोरोनागरिकता सहज हुन सक्छ। तर, हाम्रो माग भनेको ‘एउटा नेपाली सधैका लागि नेपाली’भन्ने हो।नेपालीहरूको अधिकारका लागि नेपाल सरकारले यो काम गर्न सक्यो भने भविष्यमा नेपालमा लगानीकाक्षेत्रमा हामीले अमेरिकामा सिकेका ज्ञान र सीप नेपाल लैजान सक्छौं। त्यसो हुन सकेको खण्डमा नेपालको आर्थिक, सामाजिक लगायत समग्र विकास हुन्छ।

० गैरआवासीय नेपाली संघमा पनि राजनीतिक रङ्ग भएका ब्यक्तिहरूको प्रवेश हुन थालेकाले यस भित्र पनि राजनीति हुने गरेको देखिएको छ । यस्तो विवादमा धेरै राष्ट्रिय समन्वय समितिहरू मुछिएका पनि छन्। यसविषमा तपाईंको धारणा के छ ?

– यो ‘राजनीतिक’भन्ने शब्द अलि फरक छ।हामी राजनीतिक सहितको दोहोरो नागरिकता माग गर्ने अनि त्यहि अधिकारका निमित्त हामीले कुरा नगर्ने भन्ने हुन्न।यो संसारमा राजनीतिक विचारधारा भन्दा बाहिरको छ ? जो कोहीले पनि कुनै नकुनै राजनीतिकदलको विचार बोकेकै छन्। त्यसैले एनआरएनभित्र राजनीतिक रङ्गग मिसिका मानिसहरू प्रवेश गरे भन्नु गलत हो।जो कोहीले पनि कुनै पनि राजनीतिकदलको विचार बोक्न सक्छ। तर, संस्था भित्र प्रवेश गरिसकेपछि भने उक्त संस्थामा कुनै पनि राजनीतिक रङ्गग मिसिनु हुन्न।

० एनआरएन केवल पैसावालहरूको मात्र पहुँच भएको संस्था हो भन्ने आरोपलाग्ने गरेको छ नि ?

– त्यो त स्वभाविक हो । अमेरिकामा त्यतिकै बस्न मिल्दैन।कमाउनैपर्छ अनि कमाएका मानिसहरू संस्थाका सदस्य हुन्छन्। तर, यसलाई पैसावालाहरूको मात्रै संस्था हो भनेर बुझ्न खोजियो भने गलत हुन्छ।

० तपाईंलाई एनआरएन अमेरिकाको अध्यक्ष बनाउनै पर्ने केही कारण दिनुस्न ?

– मैले अमेरिकामा झन्डै चारवर्षदेखि ‘आफ्नो साहु,आफैं बनौं’ भन्ने नाराका साथ काम गरिरहेको छु। अमेरिका भनेको अवसरसँगै चुनौतीको पनि मुलुक हो।यो मुलुकको मुख्य स्रोत भनेको साना व्यवसायी हुन्।त्यसैले म नेपाली समाजलाई आर्थिक उन्नति तर्फ कसरी लम्काउने भन्ने विषयमा चिन्तित र क्रियाशील पनि हुँदै आइरहेको छु।मैले हरेक फोरमहरूमा यस विषयमा आफ्ना दृष्टिकोण, धारणा र मार्गचित्र जोडदाररूपमा प्रस्तुत गर्दै आइरहेको छु।मलाई के विश्वास छ भने मैले अमेरिकामा रहेका नेपालीहरूलाई उहाँहरू हक–अधिकार कसरी दिलाउने, नेपाली समाजको आर्थिक विकास कसरी गर्ने भन्ने कुरालाई आफू विजयी भएमा काम गरेर ब्यवहारबाटै पुष्टि गरिदिने छु। मसँग यस्ता प्रसस्तै योजनाहरू छन्, जसलाई छाता संगठनमार्फत पहल गर्न सके ब्यवहारमा कार्यान्वयन गर्न असम्भव छैन। तसर्थ, मैले ब्यवहारबाटै देखाउन सक्छु भन्ने लक्ष्य र उद्धेश्यका साथ नै एनआरएन अमेरिकाको अध्यक्षमा उम्मेदवारी दिएको हुँ।म संसभार भरिकै एनआरएन भन्दा अमेरिकाको एनआरएनलाई नमुना र उदाहरणीय बनाएर देखाइ दिने छु।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, पुस ११, २०८१