बिनोदको भावी कार्य योजनाको घोषणा

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१ चैत्र २०७१, आईतवार १०:४३

अमेरिका,१ चैत । एन.आर.एन अमेरिकाको अधिवेशनमा बोर्ड अफ डाइरेक्टरको उम्मेद्वारको रुपमा उम्मेद्वारी दिएका बिनोद कु.तिवारीले आफ्नो भावी कार्य योजनाको घोषणा गर्नुभएको छ । नेपालीहरु जहाँ रहेपनि एक पटकको नेपाली सधैको नेपाली हुने घोषणा सहित एन आर एन अमेरिकाको अघिवेशनमा उभिएका तिवारी आफ्नो घोषणा पत्रमा एन आर एन गह्रै राजनितिक सस्था भएका कारण यसलार्इ राजनितिबाट टाढा राख्ने बताउँछन् ।

binod kumarउनले आफ्नो भावी कार्य योजनाको  घोषणामा नेपालीहरु यु.एस.एमा प्रबासी हौ र प्रबासी हुनुमा गर्व गरौ,प्रबासी नेपालीको तथ्यांक लिने फेडरल र राज्य सरकारबाट प्राप्त हुने सुबिधाको ब्यबस्था गर्ने,देवनागरी लिपिमा सरकारी प्रणाली र दोभाशेको ब्यबस्था गर्ने,प्रबासी नेपाली समाजका समस्या र चुनौतीको पहिचान गरि निराकरणका लागि पहल गर्ने,जन्मभुमिका लागि केही काम गर्ने वाताबरण श्रृजना गर्ने,१ परिवार १ छात्रवृत्ति ,मासिक ४१ दानका लागि पहल गर्ने लगायतका मागहरु बिनोद कु.तिवारीले आफ्नो भावी कार्य योजनाको घोषणामा उल्लेख गरेका छन् । उनले आफ्नो भावी कार्य योजनाको घोषणामा अगाडी भनेका छन् रेमिटेन्सको सदुपयोग र लगानि अबसरको खोजी गर्ने,एन आर एन बैन्क, हाइड्रो , शिक्षा क्षेत्र, सवास्थ्य अस्पताल , पर्यटन क्षेत्र ,सडक र बगैचामा कर प्रणालीको निराकरण गर्ने,नेपाल आवत जावत गर्दा इमिग्रेसन र भन्सारमा हुने हुने दुर्ब्यबहारको उचित समाधानको ब्यबस्था गर्ने,आकस्मिक उद्दार कोषको ब्यबस्था गर्ने,अमेरिकि राजनितीमा लाग्ने प्रबासी नेपालिलाइ हरेक क्षेत्रबाट सहयोगको लागि समन्वयकारी भुमिका अगाडी बढाउने,प्रबासी नेपाली समाजको बर्गिय बिभाजन नभै बर्ग समन्वयको ब्यबस्था गरिने,साना तथा मझौला ब्यपार ब्यबसयिलाइ ठुला ब्यपार ब्यबसायमा आउन उत्प्रेरणा गर्ने प्रयास गरिने,शिक्षित, विशेषज्ञ र सर्बसाधरण बिच समन्वय गर्ने र दैनिक जिबनमा भैपरी आउने समस्याको उचित ब्यब्स्थापन र अबश्यक सरसल्लाह गरिने लगायतका अन्य धेरै भावी कार्ययोजनाहरु बिनोद कु.तिवारीले अगाडी सारेका छन् । यसरी देश र जनताका लागी भन्दैं नजिकदैं गरेको एनआरएनको अधिवेशनमा बोर्ड अफ डाइरेक्टरको उमेद्वारको रुपमा उम्मेद्वारी दिएका बिनोद कु.तिवारी तेरो मेरो नभनी हाम्रो , हाम्रो पनि नभनी राम्रो योग्य , कर्तब्यनिस्ठ, सुसस्कृत नेतृत्व दिन सक्ने उमेद्वारलाइ भोट दिई जिताउ समेत आग्रह गरेका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, पुस ११, २०८१