NRN USA राजनैतिक पार्टीको भातृ संगठन जस्तो भयो

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१ चैत्र २०७१, आईतवार ०७:००

एनआरएन अमेरिकाको आसन्न चुनाव धेरै मानिसको चासोको बिषय बनेको छ  ।नेपाल टेलिभिजनकी छोरीका रुपमा परिचय बनाएकी रमा सिंहले  पनि एनआरएन अमेरिकाको अध्यक्ष पदका लागि उमेद्वारी दिएकी छन  । धेरैकी आशाकी पात्र सिंहको आसन्न चुनावमा राम्रै पकड पनि रहेको बुझिएको छ । लामो समय नेपाल टेलिभिजनमा  व्यतित गरेकी सिंहको उचाई अन्य उमेद्वारको भन्दा फरक देखिन्छ , यसै सन्दर्भमा हाम्रा सहकर्मी कल्पना दंगालले सिंहसंग गरेको कुराकानीको केहि अंश74326_3977476453440_865073001_n

तपाईले एन आर एन अमेरिकाको अध्यक्ष पदमा उम्मेद्वारी दिई सक्नु भएको छ ,एनआरएन अमेरिकामा मा तपाइको अध्यक्षता किन ?

किन भने पहिलो कुरा त NRN usa मा ज्यादै राजनीति  भयो यसलाइे कुनै राजनैतीक पार्टिको भातृ  संगठन जस्तो परिचालित् गर्न खोजियो । दोस्रो कुरा NRN USA धनीहरुको संस्था भएकोले यसमा  धन हुनेको मात्रै प्रतिनिधित्व हुन्छ भन्ने मान्यता स्थापित गर्न खोजिएको छ तर मेरो मान्यता कुनै पनि सँग संस्थामा सबै खाले प्रतिनिधित्व हुनु पर्छ भन्ने रहेकोले धनबाजहरुको यो तुजुक झर्न पनि म अगाडि आएकी हुँ । तेस्रो कुरा यो संगठन स्थापना भए देखी नै आर्थिक र प्रशासनिक  पारदर्शिता  प्रति बेवास्ता गरिएको छ । संस्था सदस्य प्रति जवाफदेही हुनु पर्छ र आफ्ना कार्यक्रम पारदर्शि  रुपमा संचालन  गर्नुपर्छ भन्ने  मेरो सिधान्त  रहेकोले यस्मा सुधार ल्याइे अमेरिकामा रहेका सबै नेपालीको अधिकार रक्षा गर्न र नेपाल प्रबर्धन गर्न पनि मैले आफुलाइे प्रतिस्पर्धामा उतारेकी हुँ ।सबै पेशा ,र अमेरिकामा कानुनी हैसियत नबनिसकेका नेपालीको पनि साझा संस्था को रुपमा बिकसित गर्नको लागि अध्यक्षको  आट र प्रतिबद्धता चाहिन्छ ।

यस पालीको चुनाब प्रतिस्पर्धा हुनेनिश्चित देखिएको छ भने अरुउम्मेदवार भन्दा तपाई कसरि पृथकरुपमा प्रस्तुत हुन सक्नु हुन्छ ?

हेर्नुस् मलाई चिन्नु हुने र म सँग लामो समय सम्मा काम गर्ने मित्रहरु,मेरो फरक  कार्यशैली सँग परिचीत् हुनुहुन्छ । जब म कुनै कार्य सम्पादनमा हुन्छु , त्यो कार्यलाइ लक्षित योजनामा कसरी पुर्याउने भन्ने पूर्ण  संकल्प  म मा हुन्छ । मलाईए NRN USA को नाममा परिचय बनाउनु छैन । मैले विगतमा  बनाएको परिचयले नै NRN USA हाँक्न सक्छु म । परिचय बनी सकेको मान्छे, उस्लाइ नाम कमाउने भन्दा काम गरेर देखाउने चिन्ता हुन्छ । र साथै अध्यक्षय  पद्को लागि एक मात्र महिला उम्मेद्वार , महिलाहरु बढी व्याबहारिक र हुन्छन र आफ्नै धरातलमा बसेर काम गर्ने हुन्छन , अर्को कुरा स्वास्नीमान्छेले चाह्यो भने जे पनि हुन्छ भन्ने हाम्रो मान्यता छ । सफल लोग्ने मान्छे को पछाडि ,एउटा स्वास्नी मान्छेको हात हुन्छ भन्ने भनाइलाइ नकार्न सकिन्न । झन त्यस माथि मैदानमा स्वस्वास्नीमान्छे आफै उत्रिए पछी त हजारौ स्वास्नी मान्छे  र लोग्ने मान्छेहरुको साथले त्यो स्वस्नि मान्छेको आवाजलाइे बुलन्द मात्रै गर्दैन , सम्पूर्ण जनमानसमा पुर्याउन सहयोग  पुग्छ जस्तो लाग्छ र यो स्वाभाबिक पनि हो । तेस्रो कुरा NRN USA को २००९ देखिको हर हिसाव  अहिले सम्म कुनै सभामा राखिएको छैन । सुनिन्छ ठुलो आर्थिक अनिमितता छ यस् भित्र ।, यस्लाई परदर्शी रुपमा सबै मतदाता समक्षय  राख्ने प्रण गरेकी छु । जस्ले गर्दा अनिमियता हुने सम्भभावना काम हुन्छ ।साथै अहिले सम्मा यो संस्था गुट -उपगुट बाट माथि उठन सकेको छैन । यो प्रथा तोड्दै यस्लाइे सबै नेपालीको साझा संस्था बनाएर सबैको सल्लाह र सबैको हितमा काम गर्ने पारीपाटी बसाल्ने छु।

संस्था नै दर्ता नभएको अवस्थामा एक तिर छ भने जल बिद्युतमा लगानी करौडौ को भै सकेको छ भनेविदेशमा दुख गरि आर्जन गरेको लगानीलाई कसरि प्रत्याभूति दिनु हुन्छ?

संस्था दर्ता ठुलो कुरा होइेन ,पुराना कानुन बाधक बन्न सक्छन । जुन बेला NRN को परीकल्पना भयो त्यसपछी  कानुन बनेको छैन कानुन बनाउने नै हामी हौ । जब NRN ले देशमा ठुलो बिकास भित्र्याउने प्रयत्न गरेको बेलामा कानुन नबनाउनु भनेको राष्ट्र घाती काम हुन सक्छ । मलाई लाग्छ नेपाल आमाका सच्चा सन्तानले त्यस्तो राष्ट्र घाती काम गर्दैन। रह्यो कुरा लगानी सुरक्षित राख्ने प्रत्याभूतिको  कुरा सबै नेपाली देश भित्र र देश बाहिर बसेका जो कोहिले पनि राजनीतिक दलका नेताहरुलाई दलगत स्वार्थबाट माथि उठेर काम गर्न दबाब दिनु पर्छ। हामी सबै दल र दलका नेताहरुको पछी लाग्न छोडेर देश बिकासको पछी लाग्न थालयौ भने नेता र प्रशासक  पनि हाम्रो बाटोमा नआइ  सुखै छैन। जब सबै देश बिकासको पछी लाग्न थालछन लगानी सुरक्षित हुन थाल्छ ।

दोहोरो नागरिकता दिन नेपालका राजनीति दलहरुले नै टाउको अर्को तिर फर्काएका छन् र अलमलमा पारिरहेको देखिएको छ भने यस्तो जटिल अवस्थामा दोहोरो नागरिकताको मुद्दालाई बोकेर हिड्न सम्भव होला र ?

दोहोरो नागरिकताको कुरा गर्दा हामीले पनि गम्भिर भएर सोच्नु पर्छ । दक्षिण तिर को खुल्ला सिमाना लाइ पनि हामीले बिचार पुर्‍याउनु पर्छ । यो बिषयलाइे हतारमा समाधान खोज्नु भन्दा कछुवाकै तालमा किन नहोस् समाधान खोज्नु पर्छ जस्तो मलाइ लाग्छ । हतारमा निर्णय गरेर फुर्सद मा पछुताउने बिषय यो हुँदै होइेन । फेरी सार्क राष्ट्र बाहेक भन्ने कुरा हरु पनि छन , बरु हामीहरुले पनि घनिभुत रुपमा छलफल गर्दै सल्लाह बटुल्नु पर्छ । समय लाग्छ धैर्य गर्न सक्नु पर्छ ।

गैर आवाशीय नेपाली संघ मा पनि राजनीतिक रंग भएका व्यक्तिहरुको प्रवेश हुन् थालेकोले निकै राजनीति हुन् थालेको छ र बिबादमा धेरै राष्ट्रिय समन्वय समितिहरु मुसीएका छन् र यसमा यहाको भनाई के छ ?

मैले तपाईंएको पहिलो प्रश्नमै भनी सके म NRN USA लाइे नेपालको राजनीति बाट टाढा राखन प्रयत्न गर्ने एक्लो बृहस्पति  उम्मेद्वार हुँ । हामी नेपाली जहागए पनि पार्टीको फेरो समाउन कहिल्ल्यै छोडेनौ ।कहिले काही मलाइ  NRN को नारा एकदम मन पर्छ । “एक पल्टको नेपाली सधैं को नेपाली ” किन भने हाम्रो बानी पनि कती राम्रो “एक पल्टको नेपाली बानी सधैं को बानी ” हामी युरोप अमेरिकामा बस्छौ । तर हाम्रो मानसिकता उही पुरानो छ । यो शताब्दी मा र अब नयाँ पुस्ताले यो मानसिकतालाइे परिवर्तन गराइे छाड्छन् म ढुक्क छु । यस्को नेतृत्व  म गर्दै छु ।

एनआरएनए पैसा वालाको संस्था हो भन्ने आरोप छ नि ?

NRNUSA को गतिबिधी हेर्दा तेस्तै लाग्छ । हरेक कुरा लाई पैसामा दाज्ने जुन प्रयास NRN USA भित्र गरिदै छत्यसले  गर्दा NRN USA पनि बिबाद रहित संस्था बन्न सकेन । अहिलेको साधारण सभा र निर्वाचनको लागि गरिएको ब्यबस्थाले गर्दा पनि यस्लाइे थोरै प्रतिसत NRN को पहुच पुग्ने संस्था नबनोस । यस्तै अवस्था रही रहेमा NRN USA पनि अमेरिकाको अर्को संस्था ANA जस्तै बिबादै बिबाद को भंडार बन्दैन भन्न सकिदैन ।

तपाइलाई एनआरएन अमेरिकाको अध्यक्ष बनाऊ नै पर्ने केहि कारण दिनुस न ?

यति धेरै कुरा गरि सके पछि अब पनि मलाइ जिताउन कारण नै चाहिन्छ र …?

 

 

 

 

 

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१