मञ्चलाई शक्तिमान बनाउन टीजेएफ नेपालले विशेष प्रस्ताव पारित गर्ने

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२९ फाल्गुन २०७१, शुक्रबार २०:३९

18281_1561859514079502_1315763824257957734_nकाठमाडौँ ,२९ फागुन ।  नेपाल पर्यटन पत्रकार मञ्च (टीजेएफ–नेपाल)को वार्षिकोत्सव चैत १२ गते हुने भएको छ । ठमेलस्थित होटल मनाङमा हुने तय भएको वार्षिक उत्सवको भव्य तयारी गरिरहेको मञ्चले जनाएको छ । पर्यटन क्षेत्रमा निकै महत्वका साथ हेरिएको सो वार्षिक उत्सवले पर्यटन पत्रकारहरुको हक, हित र अधिकारका लागि विशेष कार्यक्रम ल्याउने विश्वास मञ्चले लिएको छ ।

वार्षिक उत्सवलाई भव्य रुपमा सफल पार्नका लागि कार्यक्रमको उद्घाटन पञ्चैबाजा सहित गरिनेछ । कार्यक्रममा नेपाल सरकारका बहालवाला मन्त्रीहरु, सचिवहरु, सभाषद्हरु, लगायत विभिन्न पर्यटकीय संघसंस्थाका अध्यक्षहरु, प्रतिनिधिहरुका साथै पर्यटन विज्ञहरुको समत उपस्थिति रहने पनि मञ्चले जनाएको छ ।

मध्यान्ह १२ बजेदेखि २ बजेसम्मको समय बन्दसत्र अवधि रहनेछ र त्यसपश्चात ३ बजेबाट औपचारीक कार्यक्रम सञ्चालन हुनेछ । सो वार्षिकोत्सवले नेपाल पर्यटन पत्रकारीता कोषलाई थप प्रभावकारी बनाउने, पर्यटन पत्रकार पुरस्कार जस्ता सम्मानहरुको व्यवस्था गर्ने जस्ता कार्यक्रम ल्याउनुका साथै आगामी दिनमा संस्थालाई अझ शक्तिमान बनाउनका लागि विशेष प्रस्ताव पारित गर्ने पनि मञ्चको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, मंसिर ३, २०८१