बंगलादेशलार्इ हराउदैं न्युजिल्यान्डको संघर्षपूर्ण जित

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२९ फाल्गुन २०७१, शुक्रबार १५:०८

विश्वकप क्रिकेट अन्तर्गत शुक्रबार भएको खेलमा आयोजक न्युजिल्यान्डले बंगलादेशलार्इ ३ विकेटले पराजित गरेको छ । ह्यामिल्टनमा भएको खेलमा बंगलादेशले दिएको २८९ रनको लक्ष्य न्युजिल्यान्डले ७ विकेटको क्षतिमा ७ बल छँदै भेट्टाएको हो । टस हारेर पहिले ब्याटिङ गरेको बगलादेशले ५० ओभर खेल्दै ७ विकेटको क्षतिमा २ सय ८८ रन बनाएको थियो । बंगलादेशले दिएको चुनौती पछ्छ्याएको न्युजिल्यान्डका लागि मार्टिन गुप्तिलले सर्वाधिक १०५ रन बनाए । kkkkkkkkkयो जितसँगै न्युजिल्यान्डले जारी विश्वकपका समुह चरणका सबै खेलमा सतप्रतिशत नतिजा निकालेको छ । महमदुल्लाहले सकिव अल हसनसाग ३१ र मुस्फिकर रहिमसँग ३१ रनको साझेदारी गरे । उनले छैटौं विकेटका लागि सविर रहमानसाग ७८ रनको साझेदारी गर्दै बगंलादेशको स्कोर २६० पुर्‍याए । चौथो नम्बरमा ब्याटिङमा आएका महमदुल्लाह अन्तिमसम्म क्रिजमा टिकिरहे । न्यूजिल्याण्डका टेन्ट बोल्ट, कोरी एण्डरसन र ग्रान्ट एलियटले २ र २ विकेट लिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, अशोज २२, २०८१