सिटिभीटिको केन्द्रीय परिषदमा अखिल क्रान्तिकारीको तालाबन्दी

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२९ फाल्गुन २०७१, शुक्रबार १३:२४

download (1)काठमाडौँ २९ फागुन । ३ माओवादी निकट अखिल क्रान्तिकारीले प्राबिधिक शिक्षामा चर्को शुल्क वृद्धि बिरुद्ध सिटिभीटिको केन्द्रीय परिषदमा तालावन्दी गरेको छ । शुक्रबार शिक्षामा माफियाको षड्यन्त्र भएको भन्दै अखिलले तालाबन्दी गरेको हो ।

सिटिभीटिले श्रावणमा नर्सिंग तथा फार्मेसीको भर्ना लिएर माघमा आएर २५ देखि ३० प्रतिशत सम्म शुल्क वृद्धि गर्ने निर्णय गरेको बिरोधमा अखिल क्रान्तिकारीले आन्दोलनमा उत्रिएको अखिल क्रान्तिकारीका केन्द्रीय सचिवालय सदस्य दिपक पाण्डेले जानकारी दिए । यस अघि शिक्षा मन्त्रि चित्रलेखा यादवलाइ ज्ञापन पत्र बुझाउदा पनि  र सदस्य सचिव संग वार्ता सम्बाद गर्दा पनि बेवास्ता कारण आफुहरु आन्दोलनमा उत्रन बाध्य भएको पाण्डेले बताए  ।

नर्सिंग तथा फार्मेसीको शुल्क बढे संगसंगै प्राबिधिक शिक्षा गरिव तथा बेरोजगार जनताका लागि भने आकाशको फल सरह भएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, कार्तिक ७, २०८१