कस्तो अचम्म,चित्रमा रहेकी युवतीले लात्ताले हान्छिन्

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२९ फाल्गुन २०७१, शुक्रबार १२:५४

आर्ट ग्यालरीमा कलाकृति हेर्न जाँदा भित्तामा टाँसिएको चित्रले तपाइँलाई कहिल्यै लात्ताले हानेको छ ? पक्कैपनि छैन होला । किनकी क्यानभासमा खिचिएका ती चित्र क्यानभासबाट बाहिर निस्केर लात्ताले हान्ने कुरै भएन । तर चीनको तियान्जिनस्थित एक मलमा भएको चित्रकला प्रदर्शनीमा पुग्नेलाई चित्रमा रहेकी एक युवतीले लात्ताले हान्नेछिन् भने मोनालिसाले दाहिने हातको चोरी औँलाले तपाइँको लुगा अड्काइदिनेछिन् ।

pictureयतिमात्र होइन तपाइँले चित्रैमा रहेको एक भुसतिघ्रे मानिसको हातबाट वाइन पिउन सक्नुहुन्छ । हो, यो विचित्रको चित्रकला प्रदर्शनीमा पुग्ने जो कोहीलाई पनि अनौठो अनुभुति हुन्छ । त्यहाँ प्रदर्शनमा रहेका चित्रकला सामान्य दुइ आयामिक चित्र नभएर थ्री डी चित्र हुन् । त्यसैले प्रदर्शनीमा पुग्नेहरुले ती चित्रमा भएका वस्तु तथा मानिससँग साँच्चीकै साक्षात्कार गरेको अनुभुति गर्न पाउँछन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, अशोज २२, २०८१