‘नयाँ मोडलको आइफोन ९० लाख विक्यो’-एप्पल कम्पनी

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२९ फाल्गुन २०७१, शुक्रबार ११:४१

अमेरिकी कम्पनी एप्पलले नयाँ मोडलको आइफोन ९० लाख वटा बिकेको दावी गरेको छ । हालै सार्वजनिक गरिएको आइफोन फाइभ एस र फाइभ सीको व्यापार ९० लाख पुगेको कम्पनीले जनाएको छ । कम्पनीले फाइभ एसको माग उच्च रहेको पनि बताएको छ । अहिले कम्पनीको सेयर मूल्य समेत ६ प्रतिशतले बढेको कम्पनीले जनाएको छ ।

Appleयस अघि एप्पलको सेयर मूल्य ४ प्रतिशतले घटेको थियो । नयाँ आइफोनको मेन बटनमा फिंगरप्रिन्ट सेन्सर राखिएको छ भने तुलनात्मक रुपमा सस्तो फाइभ सी भने विभिन्न रङहरुमा उपलब्ध छ । एप्पलका प्रमुख कार्यकारी टिम कुकले नयाँ आइफोनको माग बजारमा अझै पनि उच्च रहेकोमा आफू विश्वस्त रहेको बताउनुभएको छ । उहाँले बजारको माग पूर्ति गर्दै जाने काममा कम्पनी दृढ भएर लागेको बताउनुभयो । विश्लेषकहरुले पनि नयाँ आइफोनको बजारमा माग तथा व्यापार निकै उच्च रहेको बताएका छन् । यसले कम्पनीको व्यापारलाई नयाँ उचाइमा पुर्‍याउने उनीहरुको विश्वास छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, अशोज २२, २०८१