घुसको रकम सहित भक्तपुरका विद्यालय निरिक्षक पक्राउ

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२९ फाल्गुन २०७१, शुक्रबार ११:२८

काठमाडौं २९ फागुन । भक्तपुरका विद्यालय निरिक्षक कोमलनाथ घिमिरेलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलिले घुस लिदैं गर्दा रंगेहात पक्रेको छ ।

llपलासेमा रहेको निजी विद्यालयको स्तरोन्नती गर्नका लागि भन्दै उनले घुस मागेको उजुरीका आधारमा टोलीले पक्राउ गरेको अख्तियारले जनाएको छ । मध्यपुर ठिमी नगरपालिका १५ स्थित एक चिया पसलमा बसेर ३० हजार रुपैंया लिईरहेको अवस्थामा उनलाई टोलिले पक्राउ गरेको हो । वालगणेश ईङ्लिस स्कुलको स्तरोन्नती गर्न विद्यालयले जिल्ला शिक्षा कार्यालयमा निवेदन दिए पछि काम गर्न घिमिरेले घुस मागेको उजुरी परेको अख्तियारले जनाएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, कार्तिक ७, २०८१