एजेन्सी । श्रीलंकाका राष्ट्रपति मैथृपला सिरीसेनाले देशमा भएको गृह युद्धको अपराधबारे छानविन गर्न एक महिना भित्र अनुसन्धान समिति गठन हुने प्रतिबद्दता व्यक्त गर्नुभएको छ । एक महिनाभित्रै गठन हुने सो समितिले अन्तर्राष्ट्रिय कानुन बमोजीम निष्पक्ष ढंगले अनुसन्धान गर्ने राष्ट्रपतिको विश्वास छ ।
युद्ध अपराध छानविन गर्न संयुक्त राष्ट्रसंघका प्रतिनिधीलाई भने सहभागी नगराइने बीबीसीले जनाएको छ । अन्तर्राष्ट्रिय समुदायले भने संयुक्त राष्ट्रसंघको टोलीले समेत युद्ध अपराध छानविन गर्न पाउनुपर्ने दबाब दिइरहेका छन् । सरकारी र विद्रोही समूह तमिल टाइगरबीच श्रीलंकामा २६ वर्ष लामो द्वन्द्व चलेको थियो । दुबै पक्षमाथि अन्तर्राष्ट्रिय समुदायले युद्ध अपराधको आरोप लगाउदै आएका छन् ।
प्रतिक्रिया