पत्रकारिता पेशामा लागेकाहरुले कार चढ्ने दिन आउँदैछ : प्रधानमन्त्री कोइराला

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२० बैशाख २०७१, शनिबार १३:१४

काठमाडौं, २० वैशाख  ।  नेपाल पत्रकार महासंघको २४ औं महाधिवेशन आजदेखि राजधानीमा सुरु भएको छ । काठमाडौँको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको भवनमा प्रधानमन्त्री सुशील कोइरालाले महाधिवेशनको उद्घाटन गरे । महाधिवेशनको उद्घाटन गर्दै प्रधानमन्त्री कोइरालाले पत्रकारिता पेशामा लाग्नेहरुले कार चढेर हिड्ने दिन आउन लागेको बताए ।

justify;”>उनले शान्ति प्रक्रियालाई पूर्णता दिन र एक बर्षभित्र संविधान लेखनको कामलाई पूर्णता दिन आमसञ्चार माध्यमहरुले दवाब दिनुपर्नेमा जोड दिए । सोही कार्यक्रममा पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष झलनाथ खनालले पत्रकारहरुले न्यूनतम् पारिश्रमिक पाउनुपर्नेमा आफ्नो पार्टीको पनि ऐक्यबद्धता रहेको बताए ।sushil_koirala_20110827091943

अध्यक्ष खनालले पत्रकारिता पेशालाई व्यवसायिक र सेवामूलक बनाउन दिशामा लाग्न पत्रकार सम्बद्ध संघसंस्थाहरुसँग आग्रह गरे । कार्यक्रममा सूचना तथा सञ्चारमन्त्री डा. मिनेन्द्र रिजालले कुनै पनि पत्रकारले पेशागत असुरक्षा महसुस नगर्ने गरी सरकारले काम गरिरहेको जानकारी दिए ।

सम्मेलनको उद्घाटनमा नेपाली प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको आन्दोलनमा योगदान पु¥याउने विभिन्न व्यक्तिलाई सम्मान र पुरस्कृत गरिएको छ । महाधिबेशन उद्घाट्नअघि बिहान संविधानसभामार्फत् एक वर्षभित्र लोकतान्त्रिक संविधान, स्वतन्त्रताको रक्षा र श्रमजीवी पत्रकारको हितमा हाम्रो अभियान भन्ने सन्देशसहित विश्व प्रेस स्वततन्त्रा दिवसको सन्दर्भमा प्रभातफेरी पनि निकालियो ।

महाधिवेशनमा देशभरका १ हजार ६ सय ५१ सभासद सहभागी छन् । महासंघको नेतृत्व लिन वामपन्थी पत्रकारहरुको तर्फबाट डा.महेन्द्र विष्ट तथा प्रजातन्त्रवादी पत्रकारहरुको तर्फबाट पोषण केसीको नेतृत्वमा उम्मेदवारहरु मैदानमा छन् । आज र भोलि हुने महाधिवेशनले आगामी तीन वर्षका लागि नयाँ नेतृत्व चयन गर्नेछ । दुई दिन चल्ने महाधिवेशनमा समावेशी विधान संशोधनको प्रस्ताव पेश गरिँदैछ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, कार्तिक १०, २०८१