दक्षिण अफ्रिका क्वाटरफाईनलमा प्रवेश

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२८ फाल्गुन २०७१, बिहीबार १६:०५

विश्वकप क्रिकेट अन्तर्गत आजको खेलमा दक्षिण अफ्रिकाले युएईलाई १ सय ४६ रनले हराएको छ । न्युजिल्याण्डको वेलिङ्टनमा सम्पन्न खेलमा दक्षिण अफ्रिकाले पेश गरेको ३ सय ४२ रनको लक्ष्य पछ्याएको युएई १ सय ९५ रनमै समेटियो । टस हारेर पहिले व्याटिङको निम्तो पाएको दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३ सय ४१ रन बनायो । दक्षिण अफ्रिकाका लागि एबी डे भिलायर्सले ९९ रन जोडे भने फरहान बेहार्दीनले ३१ बलमा ६४ रनको योगदान दिए । यसैगरी डेभिड मिलरले ४९ तथा राईले रुसोले ४३ रन जोडे । बलिङतर्फ युएईका मोहोमद नाभेदले तीन विकेट लिए । जवाफमा ३ सय ४२ रनको विशाल लक्ष्य पछ्याएको युएईले ४७ ओभर ३ बलमा अलआउट हुनुपुर्व १ सय ९५ रन मात्रै बनाउन सक्यो । युएइको लागी स्वप्नील पटेलले अविजित ५७ रन जोडे ।

finalजितसँगै दक्षिण अफ्रिका समूह बी को उपविजेता बन्दै क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
जारी विश्वकपमा ६ खेल खेलेको दक्षिण अफ्रिका ४ खेलमा विजयी र दुई खेलमा पराजित भयो ।
उता समुहमा ५ खेल खेलेको युएई हालसम्म अंकविहीन छ । अन्तिम खेलमा युएईले वेष्ट इण्डिजको सामना गर्नेछ । विश्वक क्रिकेट अन्तर्गत भोली दुई खेल हुनेछन् । न्युजिल्याण्डमा हुने खेलमा आयोजक न्युजिल्याण्ड र बंगलादेश भिड्दा अष्ट्रेलियामा हुने खेलमा अफ्गानिस्तानले इङ्गल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ । यो समुहबाट न्युजिल्याण्ड, बंगलादेश, अष्ट्रेलिया र श्रीलंका क्वाटरफाईनल प्रवेश गरीसकेकोले भोलीका दुबै खेलहरु औपचारिकता मात्रै हुने छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, अशोज २२, २०८१