खप्तड स्वामीले भनेका छन्-‘सफलताको लागि तीन कुराको आवश्यक हुन्छ, आत्माविश्वास, लगनशिलता र निरन्तर अभ्यास ।’ परीक्षाको तयारी गरिरहेका विद्यार्थीलाई पनि यस कुरावाट उर्जा मिल्न सक्छ ।
आत्माविश्वास
कतिपय विद्यार्थीहरु आफैले लेखेको जवाफमा विश्वास गर्दैनन् । अनि, अरुले लेखेको हेरेर सार्ने प्रयात्न गर्छन् । अर्थात आफुलाई कमजोर ठानेर पनि उनीहरु परिक्षामा राम्ररी लेख्न सक्दैनन् । परिक्षा हलमा पुगेपछि कतिपय विद्यार्थीहरु आफुले जानेको कुरा पनि विर्सन्छन् । उनीहरु डरले काम्ने, चिढिने जस्ता प्रवृत्ति देखाउFछन् । यो सवै आत्माविश्वासको कमीले हो । विद्यार्थीहरुले आफुले जानेको कुरालाई परीक्षामा कुशलतापूर्वक लेख्नका लागि आत्माविश्वास अपरिहार्य हुन्छ । परिक्षामा सर्वोत्कृष्ट अंक हासिल सक्षम छु भन्ने भावना हुन पर्छ । यहि आत्माविश्वासको कारण सफलता प्राप्त गर्न सक्छन् ।
लगनशिलता
हरेक कुरामा सफलता पाउन लगनसिल हुन पर्र्छ । विद्यार्थीहरु लगनसिल नहुने कुरै भएन । अध्ययनमा लगाव राख्नेे विद्यार्थीहरु परिक्षाको समयमा पछुताउनु पर्दैन । कुनैपनि विषयवारे जान्न उत्सुक हुने, जान्नका लागि प्रयास गरिरहने वानीले विद्यार्थीलाई परिपक्क वनाउ“छ । मन लागेको वेला पढ्यो अरु वेला वास्तै नगर्ने वानी धेरैमा हुन्छ । यसो गर्दा उनीहरुले जानेको कुरा पनि विर्सन सक्छ । त्यसैले आफुले अध्ययन गर्ने विषयमा निरन्तर लाग्न र्पर्छ । नजानेको र अप्ठ्यारो विषय आउनसाथ पुस्तक फ्याक्ने गर्नु हुदैन । वरु, त्यही अप्ठ्यारो कुरा जान्ने निरन्तर अभ्यास गर्नुपर्छ ।
योजनावद्ध ढंगले अध्ययन गरेको कुरा वुझ्न सजिलो हुन्छ । दिन दिनै नया“ कुरा पढ्दै जादा“ अगाडि पढेका कुराहरुलाई पनि वेला वेला सम्झनर्ुपर्छ र अभ्यास गर्नु पर्छ । आफुले नजानेका कुरा सार्थीहरुस“ग छलफल गरेर जान्न सकिन्छ । अभिभावक, शिक्षकको साहयताले पनि नजानेका विषयहरु जान्न मद्दत मिल्छ ।
अभ्यास
आफ्नो पाठ्यक्रम अध्ययन क्रममा अभ्यास गर्ने वानी राम्रो हुन्छ । अभ्यसले नै मानिसलाइृ पर्ूण्ा वनाउ“छ । गणित जस्तो प्रयोगात्मक विषयको अभ्यासवाट अध्ययनको प्रारम्भ शिक्षकहरुको सुझाव छ । अन्य विषयको अध्ययन गर्दा विद्यार्थीहरु वसेर छलफलको माध्यामवाट गर्नु लाभदायक हुन्छ । आफुले अध्ययन गरिसकेपछि ति विषयहरुको वारेमा मनन गर्नु पर्छ । नजानेको कुरा जान्न पुन अध्ययन गर्नुपर्छ । अध्ययनको यो विधी निकै प्रभावकारी हुन्छ । आफ्नै अभ्यासद्वारा प्राप्त गरेको ज्ञान स्मरण गरिरहन र परिक्षामा मौलिक रुपमा अभिव्याक्त गर्न सकिन्छ ।
चिन्ता हटाउनुहोस्
परिक्षाको घडीमा धेरैजसो विद्यार्थीलाई चिन्ताले सताउ“छ । आफुलाई अप्ठ्यारो लाग्ने प्रश्न आउने र परीक्षा विर्गने आशंकाले मनमा डेरा जमाउ“दा चिन्ता सुरु हुन्छ । त्यसैले विद्यार्थीले तनाव कम गर्दै कसरी परिक्षामा राम्रो गर्ने भन्नेतर्फध्यान मोड्नु पर्छ । सकारत्मक सोचाइ एवं परिश्रमको फल मिठो हुन्छ भन्ने कुरा पनि विद्यार्थीले वुझ्नर्पर्छ ।
तनाव धेरै वढ्नुको कारण अध्ययनमा कमजोर हुनु नै हो । धेरैजसो विद्यार्थीहरु परिक्षाको समयमा मात्र पाठ घोक्ने गर्छन् । एकातिर परिक्षाको तनाव अर्कोतिर पढाइको भारले उनीहरु मानसिक रुपले थाक्छन् । त्यसैले पढेका कुराहरु सजिलै ग्रहण गर्न सक्दैनन् । फलतः उनीहरु झनै अतालिने गर्नन् । परिक्षामा कसरी लेख्ने भन्ने भयले उनीहरुलाई गंभिर चिन्ता पैदा गरिदिन्छ । पछि पछाताउनु भन्दा समयमै मेहनत गर्नु वुद्धिमतार्पूर्ण हुन्छ ।
अध्ययनको यो विधी
सुरु देखि नै पाठयोजना र समयतालिका वनाएर अध्ययन गर्नुपर्छ । नियमित अध्ययन गर्दा परिक्षाको समयमा मानसिक भार वढी हुदैन । अध्ययन गरेका विषयलाई स्मरण गर्नका लागिमात्र किताव एवं नोट हर्ेर्नुपर्ने भएकाले परिक्षामा के लेख्ने भन्ने चिन्ता हुदैन । योजनावद्ध र नियमित अध्ययन गर्ने विद्यार्थीले परिक्षाको समयमा पाठ घोक्नु होइन, विगतमै अध्ययन गरेको पाठ वारे चिन्तन गर्नु पर्छ ।
प्रतिक्रिया