ट्वीटरमा अब ग्रुप च्याट गर्न मिल्ने

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२८ फाल्गुन २०७१, बिहीबार ११:१३

सामाजिक सञ्जाल ट्वीटरमा अब ग्रुप च्याट गर्न मिल्ने भएको छ । ट्वीटरले मंगलबार ग्रुप च्याट गर्न मिल्ने नयाँ सुविधा सुरु गरेको हो । यस्तै आफ्नो भिडियो सेयर तथा सम्पादन गर्न सक्ने सुविधान पनि सुरु गरेको छ ।
web-twitter-1-gettyअब ट्वीटरमा धेरै फलोअरसँग सन्देश साटासाट गर्न सकिने छ । यसरी सन्देश साटासाट गर्ने समूहमा रहेकाले एक अर्कालाई फलो नगरेपनि सन्देश साटासाट गर्न मिल्छ । वाट्स एप्स तथा लाइन जस्ता म्यासेजिङ एप्सले दिँदै आएको गु्रप च्याटको सुविधा ट्वीटरमा पनि हुनुपर्ने माग पछिल्लो समय बढेको थियो ।
ट्वीटरले गएको नोभेम्बरमा पहिलो पटक भिडियो राख्न मिल्ने सुविधाका बारेमा योजना बनाएको थियो ।

नयाँ सुविधा अनुसार अब प्रयोगकर्ताले ट्वीटर एप्समा रहेको क्यामरा बटनबाट ३० सेकेन्डसम्मको भिडियो राख्न, सेयर गर्न र सम्पादन गर्न सक्नेछन् । तपाईं पनि च्याट गर्न चाहनुहुन्छ भने आफ्नो ट्वीटर अकाउन्टबाट डाइरेक्ट म्यासेज अर्थात डिएम गर्नुहोस् । त्यो डिएम च्याटमा परिवर्तन हुने छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, अशोज २२, २०८१