एसएलसी परीक्षालाई लक्षित गर्दै दैनिक २ घण्टा लोडसेडिङ घट्यो

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२८ फाल्गुन २०७१, बिहीबार १०:५९

काठमाडौं, २८ फागुन । एसएलसी परीक्षालाई लक्षित गरी नेपाल विद्युत प्राधिकरणले दैनिक २ घण्टा लोडसेडिङ घटाएको छ । चैत ५ गतेदेखि सुरु हुने एसएलसी परीक्षालाई लक्षित गरी चैत २ गतेदेखि लागू हुने गरी दुई घन्टा लोडसेडिङ घटाउने निर्णय प्राधिकरणले जनाएको छ ।

loadseddingप्राधिकरणका अनुसार अहिले विद्युतको उच्च माग एक हजार दुई सय मेगावाट र आपूर्ति ५ सय ६५ मेगावाट छ। ६ सय ५० मेगावाट बराबरको अपुग बिजुलीका लागि प्राधिकरणले लोडसेडिङ गर्दै आएको छ। केन्द्रीय प्रसारण लाइनमा हालसम्म ७ सय ६० मेगावाट बिजुली जडान भएको छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, कार्तिक ७, २०८१