गैरकानुनी रुपमा पुस्तक छाप्ने नीजि छापाखानामाथि कारवाही हुने

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२८ फाल्गुन २०७१, बिहीबार १०:४२

काठमाडौं,२८ फागुन । कमिशनका लागि नीजि छापाखानाले गैरकानुनी रुपमा विद्यालयको पुस्तक छापेपछि पाठ्यक्रम विकास केन्द्रले कारबाही प्रक्रिया अघि बढाउने भएको छ । विद्यालय स्तरको कक्षा ६ देखि १० सम्मको पाठ्यपुस्तक जनक शिक्षा सामाग्री केन्द्रले छाप्ने जिम्मा पाए पनि नीजि प्रेसले छापेको भन्दै केन्द्रले प्रेसलाई कारबाही गर्ने जनाएको हो ।

books-300x216जनक शिक्षा सामाग्री केन्द्रले छापेको पाठ्यपुस्तक खरिद गर्दा कमिशन थोरै पाइने भएपछि निजी छापाखानाले अनधिकृतरुपमा आफै पुस्तक छापेका हुन् । अघिल्ला शैक्षिक सत्रमा पनि नीजि छापाखानाले यसै गरि आफै पुस्तक छापी बजारमा पठाएका थिए । निजी छापाखानाबाट आएका पुस्तकमा विक्रेताले बढी कमिशन पाउने हुदा अनधिकृत पुस्तकको विक्रि वितरण बढ्दै गएको छ ।
यसैबीच जनक शिक्षा सामाग्री केन्द्रले अनधिकृत पुस्तक छाप्ने प्रेसलाई कार्वाहीको माग गरेको छ । केन्द्रीय पाठ्यपुस्तक अनुगमन समितिले काठमाण्डौंको सीतापाइलास्थित एक नीजि प्रेसमा हिजो छापा मार्दा कक्षा ६ र ७ को पाठ्यपुस्तक छापी रहेको भेटेको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, कार्तिक ७, २०८१