कोलम्बिया सरकार र फार्कबीच शान्ति वार्ता हुने

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२८ फाल्गुन २०७१, बिहीबार १०:३८

एजेन्सी । विद्रोहीको सामना गर्दै आएको कोलम्बिया सरकार र फार्क समूहबीच शान्ति वार्ता हुने भएको छ । राष्ट्रपति जुआन मानुअल सान्तोसले विद्रोहीसंग चाडै क्यूवामा शान्ति वार्ता हुने भन्दै तत्काल सरकार पक्षबाट कारबाही रोकिने घोषणा गर्नुभयो ।

santiशान्ति बार्तालाई सफल बनाउन फार्कविरुद्ध आक्रमण रोकिएको उहाँले उल्लेख गर्नुभयो । कोलम्बिया सरकार र विद्राही फार्कसमूहबीच क्यूवामा शान्ति वार्ताको तय भएको बीबीसीले जनाएको छ ।  टेलिभिजन सम्बोधन गर्दै राष्ट्रपति सान्तोसले विद्रोहीबिरुद्ध गोलाबारी र कुनै पनि आक्रमण नगर्न रक्षामन्त्रालय र सेना प्रमुखलाई निर्देशन दिनुभएको छ । यद्यपी उहाँले अर्को विद्रोही राष्ट्रिय लिबरेशन आर्मीविरुद्धको कारवाही भने जारी रहने बताउनुभयो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, पुस ११, २०८१