साङ्गाकाराको विश्वकपमा सर्वाधीक सेन्चुरीको कीर्तिमान

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२८ फाल्गुन २०७१, बिहीबार १०:३६

श्रीलंकाका बायाँ हाते भेट्रान ब्याट्सम्यान कुमार साङ्गकाराले एउटै विश्वकपमा सर्वाधिक सेन्चुरी प्रहार गर्ने कीर्तिमान बनाएका छन् । समूहगत चरणको अन्तिम खेलमा साङ्गकाराले स्कटल्याण्डबिरुद्ध १ सय २४ रन बनाएपछि एकै विश्वपमा चार सेन्चुरी प्रहार गर्ने कीर्तिमान आफ्नो नाममा लेखाएका हुन् । ९५ बल खेलेका उनले १३ चौका र ४ छक्काको मद्दतमा सेन्चुरी पूरा गरेका हुन् । यसअघि पाकिस्तानका जाहिर अब्बास र सइद अनबर, साउथ अफ्रिकाका हर्सेल गिब्स, एबी डिभिल्लीयर्स र क्वीन्टन डी कक र न्यूजिल्याण्डका रोस टेलरले एउटै विश्वकपकमा तीन सेन्चुरीको कीर्तिमान आफ्नो नाममा लेखाएका थिए ।

nnnnnnnnnnnnnnजारी विश्वकपमा उनले बंगलादेशबिरुद्ध १ सय ५, इङल्याण्डबिरुद्ध १ सय १७ र अष्ट्रेलियाबिरुद्ध १ सय ४ रन बनाएका थिए । आजको १ सय २४ रनसँगै साङ्गकाराले वन डे क्रिकेटमा १४ हजार १ सय ८९ रन पुरा गरेका छन् । साथै उनले विश्वकपमा समग्रमा पाँच सेन्चुरी पूरा गरेका छन् ।
सन् २०१३ मा क्रिकेटबाट सन्यास लिएका सचिन तेन्दुल्करले विश्वकपमा उनीभन्दा एक बढी ६ सेन्चुरी प्रहार गरेका छन् । तेन्दुल्करले वन डे क्रिकेटमा १८ हजार ४ सय २६ रन पूरा गरेका छन् । साङ्गकाराले यो विश्वकपपछि वन डे क्रिकेटबाट सन्यास लिंदैछन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, मंसिर १४, २०८१