स्मार्ट प्रविधिमा स्कुटर निर्माण

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२७ फाल्गुन २०७१, बुधबार १४:३७

ताईपे ।  ताइपेको गोगोरो कम्पनीले स्मार्ट प्रविधिमा आधारीत स्कुटर निर्माण गरेको छ । गोगोरो नाम दिइएको उक्त स्कुटर प्रतिघण्टा ९५ किमिसम्म कुद्ने कम्पनीको दाबी छ । स्मार्ट स्कुटरमा एउटा जी–१ मोटरको प्रयोग गरिएको छ । जसले इलेक्ट्रिक मोटर डिजाइनलाई रिडिफाइन गर्ने कम्पनीको दाबी छ । उक्त स्कुटर हलुका तर टीकाउ र बलियो रहेको कम्पनीले जनाएको छ ।
एक सय १२ किलोग्राम तौल रहेको यो स्कुटर गोगोरो इनर्जी कम्पनीको पहिलो उत्पादन हो । स्कुटरमा मल्टिलिंक सस्पेंशन र जेट फाईटर ल्याण्डिङ गिअर प्रयोग गरिएको छ । यसले स्कुटीलाई आरामदायी तरिकाले चलाउन सकिन्छ । यसमा जडान गरिएको आइक्यू सिस्टमले चालकलाई सवैभन्दा नजिकैको कम्पनीको स्टेशनका बारेमा जानकारी दिने बताइएको छ । स्मार्ट स्कुटरमा ३० वटा अनबोर्ड सेंसर लगाइएको छ ।

scooter_1425616923 यसमा क्लाउड कनेक्टिभिटी र गोगोरोको मोबाइल एप पनि रहेको छ । जसको सहायताले स्माट स्कुटरलाई सधै कनेक्टमा राख्ने कम्पनी जनाएको छ । स्मार्ट स्कुटरलाई सर्भिसिङको आवश्यकता पर्दा चालकलाई मोबाइल एपले आफै जानकारी दिने बताइएको छ । गोस्टेशनबाट ब्याट्रि बदल्दा पनि एपको माध्मबाट सुचना दिने बताइएको छ । स्मार्ट स्कुटीको मूल्य भने अहिलेसम्म बताइएको छैन । तर स्मार्ट स्कुटीले बजारमा आफ्नो बर्चस्व कायम गर्न सफल हुने निर्माताको विश्वास छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, अशोज २२, २०८१