बंगलादेश अन्तिम आठमा

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२७ फाल्गुन २०७१, बुधबार १४:३१

एडिलेड। बलियो टोली इंग्ल्याण्डलाई घर फिर्तिको टिकट कटाउँदै बंगलादेशले विश्वकप क्रिकेट प्रतियोगिताको क्वार्टर फाइनलमा स्थान बनाएको छ । नकआउट मानिएको सोमबारको खेलमा इंग्ल्याण्डलाई १५ रनले पराजित गर्दै बंगलादेशले अन्तिम आठमा स्थान पक्का गरेको हो । यससँगै समूह ए बाट अन्तिम आठमा पुग्ने ४ टोलीको टुंगो लागेको छ । न्युजिल्याण्ड समूह विजेता तथा अष्ट्रेलिया उपविजेताका रुपमा अघि जानेछन् भने, श्रीलंका तेस्रो र बंगलादेश चौंथो हुने सम्भवना छ ।

208111.3यद्यपी श्रीलंकाले बाँकी १ खेल हारेमा वा बंगलादेशले न्युजिल्याण्डलाई हराएमा भने उसको भिडन्त दक्षिण अफ्रिकासँग हुनसक्छ, अन्यथा भारतसँग भिडन्त हुने लगभग निश्चित छ । एडिलेडमा २ सय ७६ रनको विजयी लक्ष्य पछ्याएको इंग्ल्याण्ड ४८ ओभर ३ बलमा २ सय ६० रन जोड्दा अलआउट भयो । उसका लागि जस बटलरले ६५ तथा इयान बेलले ६३ रनको योगदान गरे पनि जित दिलाउन सकेनन् । बंगलादेशका लागि रुबेल हुसेनले सर्वाधि ४ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको बंगदालेशले महमदुल्लाह र मुसफिक्युर रहिमको सानदार प्रदर्शनको बलमा ७ विकेट गुमाएर २ सय ७५ रन जोडेको थियो । विश्वकपमा सतक प्रहार गर्ने पहिलो बंगलादेशी खेलाडी बन्ने क्रममा महमदुल्लाहले १ सय ३ रन जोडे । यस्तै मुसफिक्युरले ८९ रनको योगदान गरे । यसअघि ८ रनमा २ विकेट गुमाएको बंगलादेशलाई सोम्य सरकार र महमदुल्लाह भएर सम्हालेका थिए । त्यसक्रममा सरकारले ४० रन जोडे । इंग्ल्याण्डका जेम्स एण्डर्सन र क्रिस जोर्डनले समान २ तथा मोइन अली र स्टुअर्ट बोर्डले १–१ विकेट लिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, अशोज २२, २०८१