रियाल मड्रिड र एफसी पोर्टोे युरोपियन च्याम्पियन्स लिगको क्वाटरफाइनलमा

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२७ फाल्गुन २०७१, बुधबार ११:२०

काठमाडौं,२७ फागुन । स्पेनिस क्लव रियाल मड्रिड र पोर्चुगलको एफ.सी पोर्टो यस सिजनको युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको क्वाटरफाईनलमा प्रवेश गरेका छन् । गएराती भएको प्रि क्वाटरफाईनल दोस्रो लेगको खेलमा जर्मनीको शाल्कासँग ४-३ ले पराजित भएपनि पहिलो लेगमा २-० ले विजयी भएको रियाल मड्रिड समग्रमा ५-४ को जित निकाल्न सफल भयो । गएराती रियाल मड्रिडलाई उसैको मैदानमा हराउन शाल्काका क्लास यान हन्टेलारले दुई गोल गरेभने क्रिश्चियन फुस र लिरोए सेनले एक एक गोल गरे । रियाल मड्रिडका लागि क्रिश्चियानो रोनाल्डोले दुई तथा करिम बेन्जमाले एक गोल गरे ।

footballfinal2आफ्नै मैदानमा ४-३ ले पराजित भएपनि पहिलो लेगमा शाल्कामाथि उसैको मैदानमा हात पारेको २-० को जीत रियाल मड्रिडलाई प्रतियोगिताको क्वाटरफाईनलमा पुर्‍याउन पर्याप्त बन्यो । गएराती भएको अर्को खेलमा पोर्चुगलको एफ.सी पोर्टोले स्विट्जरल्याण्डको एफ.सी बाजललाई ४-० ले हरायो । पहिलो लेगमा १-१ गोलको बराबरी खेलेको पोर्टोले समग्रमा खेल ५-१ ले आफ्नो पक्षमा पारेको हो । युरोपकै सबैभन्दा ठुलो क्लव फुटबल प्रतियोगिता युएफा च्याम्पियन्स लिग अन्तर्गत आजराती दुई खेल हुनेछन् । आज इङ्गल्याण्डको चेल्सी र फ्रान्सको पि.एस.जी तथा जर्मनीको बायर्न म्युनिख र युक्रेनको शख्तर डोनेट्स्क भिड्नेछन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, अशोज २२, २०८१