एसएलसी परीक्षाको सबै तयारी पूरा, पाँच लाख ७४ हजार ६८५ परीक्षार्थी, एक हजार ८६२ परीक्षा केन्द्र

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२७ फाल्गुन २०७१, बुधबार ११:०३

भक्तपुर ,२७ फागुन । आगामी चैत ५ गतेदेखि देशभर सुरु हुने प्रवेशिका अर्थात् एसएलसी परीक्षाको सबै तयारी पूरा भएको परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले जानकारी दिएको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले देशको ७५ वटै जिल्लामा आवश्यक प्रश्नपत्र र उत्तरपुस्तिकासहितका सबै सामग्री पु¥याइसकेको जानकारी परीक्षा नियन्त्रक विष्णुबहादुर द्धारेले दिए ।

यस वर्षको परीक्षामा सहभागी हुनका लागि पाँच लाख ७४ हजार ६८५ जना छात्रछात्राले आवदेन दिएका छन् । जसमा नियमिततर्फ छात्र दुई लाख १२ हजार ५०४ र छात्रा दुई लाख १३ हजार ७१० गरी चार लाख २६ हजार २१४ जना परीक्षामा सहभागी हुने भएका छन् ।

slcएक्जाम्टेडतर्फ भने छात्र ५९ हजार २५३ जना र छात्रा ८५ हजार ९३० जना गरी एक लाख ४५ हजार १८३ जना सहभागी हुने भएका छन् । प्राविधिकतर्फ भने छात्र दुई हजार ३७ जना र छात्रातर्फ एक हजार २५१ जना गरी तीन हजार २८८ जना परीक्षामा सहभागी हुने भएका छन् ।

परीक्षार्थीमध्ये सबैभन्दा बढी काठमाडौँमा ३४ हजार ५८७ जना र सबैभन्दा कम मनाङमा ७४ परीक्षार्थी रहेका छन् भने यस वर्ष परीक्षा दिनेमा छात्रभन्दा छात्राको सङ्ख्या बढी रहेको छ ।

यस वर्षका परीक्षाका लागि देशभरमा गरी एक हजार ८६२ वटा परीक्षा केन्द्र कायम गरिएको छ । जसमा सबैभन्दा बढी परीक्षा केन्द्र काठमाडौँमा ९१ वटा र सबैभन्दा कम मनाङ र मुस्ताङमा १-१ वटा परीक्षा केन्द्र कायम गरिएको छ । गत वर्ष देशभर एक हजार ८३६ परीक्षा केन्द्र कायम गरिएकामा यस वर्ष परीक्षार्थी बढेकाले केन्द्र पनि बढाएको हो ।

परीक्षाका लागि १७ हजार ९३० जना सुरक्षाकर्मी, एक हजार ८६२ जना केन्द्राध्यक्ष, दुई हजार ४४० जना सहायक केन्द्राध्यक्ष, २३ हजार १४ जना निरीक्षक र सात हजार ६९९ जना कार्यालय सहायक परिचालन गरिने परीक्षा नियन्त्रक द्धारेले बताए ।

त्यसैगरी कार्यालयले यस वर्ष परीक्षामा खटिने सबै व्यक्तिको दैनिक भत्तासमेत वृद्धि गरेको छ । जसमा केन्द्राध्यक्षको दैनिक ५०० बाट ८००, सहायक केन्द्राध्यक्षको ३५० बाट  ५००, निरीक्षकको २०० बाट ३५०, सुरक्षाकर्मीको  ५० बाट १५०, कार्यालय सहयोगीको १०० बाट २०० पु¥याएको परीक्षा नियन्त्रक द्धारेले जानकारी दिए ।

त्यस्तै परीक्षाको उत्तरपुस्तिका परीक्षण गर्ने परीक्षकलाई एउटा उत्तरपुस्तिकाको रु १५ दिँदै आएकामा यस वर्षदेखि रु २० पु¥याइएको र सम्परीक्षण गर्नेलाई रु चारबाट रु पाँच दिने गरी वृद्धि गरिएको छ । रासस

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, कार्तिक ७, २०८१