किन गर्नु हुँदैन एउटै गोत्रमा विवाह ? हेर्नुहोस शास्त्रमा यस्तो छ …

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२७ फाल्गुन २०७१, बुधबार १०:५६

गोत्र शब्दको अर्थ हो बंश/कुल । गोत्र प्रणालीको मुख्य उद्देश्य कुनै पनि ब्यक्तिको प्रचीनतम ब्यक्तिसँग सम्बन्ध स्थापित गर्नु हो । उदाहरणको लागि कुनै पनि ब्यक्तिको गोत्र भरद्वाज हो भने त्यस्को अर्थ हो है त्यो ब्यक्तिको बंश वैदिक ऋषि भरद्वाजबाट शुरु भएको हो । अर्थात त्यो ब्यक्तिको जन्म ऋषि भरद्वाजको पीढीमा भएको हो । तपाइँलाई एकै गोत्रमा विवाह गर्नु हुँदैन भन्ने चलनबारे तपाइँलाई थाहै होला । तर किन हुन्छ त यस्तो विवाद ?

kkkकिन हुँदैन एउटै गोत्रमा विवाह गर्न ?

विश्वामित्र, जमदग्नि, भारद्वाज, गौतम, अत्रि, वशिष्ठ, कश्यप सप्त ऋषिको नामले चिनिन्छन् । यसमा आठौं ऋषि अगस्तिका सन्तान ‘गौत्र’ भनेर चिनिन्छन् । विवाहमा गोत्रको ठूलो महत्व छ । पुराणमा उल्लेख गरिएको छ कि यदि कुनै कन्या सहगोत्री छिन् भने उनीसँग विवाह गर्ने अनुमति जतिसुकै प्रेम भएपनि दिनु हुँदैन । विवाह छिन्ने समयमा गोत्रमात्र नभएर प्रवरको समेत ख्याल गर्नु पर्छ । प्रवर पनि ऋषिको नाम अनुसार फरक फरक हुन्छ । गोत्रको सम्बन्ध रगतले निर्धारण गरेको छ भने प्रवरको सम्बन्ध भने अध्यात्मले ।
मत्यस्य पुराणका अनुसार ब्राह्मणको साथमा सहगोत्रीको विवाह भयो भने अनिष्ठ हुने उल्लेख छ । धर्मसूत्रमा भनिएको छ ‘संगौत्राय दुहितरेव प्रयच्छेत्’ अर्थात समान गोत्रका पुरुषलाई कन्या दिनु हुँदैन । असमान गोत्रीयसँग विवाह नगरेमा ब्राम्हण च्युत हुन्छ ।
यस्ता जोडीलाई सन्तान पनि गतिला नजन्मिने हुँदैन । जानी जानी सहगोत्री विवाह गरेमा महापाप लाग्ने र च्युत हुने समेत धर्म शास्त्रमा उल्लेख छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, अशोज २२, २०८१